+
+

सुनसरी-४ मा सर्वदलीय बैठक निष्कर्षविहीन, मन्त्री कार्कीले मागे २ बजेसम्मको समय

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १३:३९

११ मंसिर, सुनसरी । सुनसरी-४को स्थगित मतगणना अझै सुरु हुन सकेको छैन । बिहान ९ बजेदेखि झण्डै ४ घण्टा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले आफ्नो पक्षको निर्णय २ बजेपछि दिने बताउँदै समय माग गरेका छन् ।

ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै बैठक रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले माग गरेका थिए ।

मन्त्री कार्कीले बैठकमा भएको छलफल र अब के गर्ने भन्ने विषयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानेनन् । उनले यस विषयमा अहिले केही नबोल्ने बताए ।

एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले मन्त्री कार्कीले समय माग गरेको जानकारी दिए । नेपाली कांग्रेस पुन: मतगणनाको पक्षमा रहेको छ भने एमालेले ६ सय मतलाई निष्क्रिय गरी सहमतिका साथ गणनालाई निरन्तरता दिइनुपर्ने धारणा राखेको छ ।

एमाले पुन: मतगणना गर्ने पक्षमा छैन ।सर्वदलीय बैठक दुई बजेपछि डाक्ने प्रयत्न भएको सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?