+
+

पर्साको बहुदरमाइस्थित एक विद्यालयमा आगलागी, ७ लाख बराबरको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १९:०४

११ मंसिर, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकास्थित एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।

बहुदरमाई वडा नम्बर ५ पाँडे बरवा टोलमा रहेको श्री मनोकामना आधारभूत विद्यालयमा अज्ञात समूहले आगजनी गरेको विद्यालयका प्रधानाध्यापक देवचन प्रसाद यादवले जानकारी दिए ।

प्रधानाध्यापक यादवका अनुसार आगलागीमा विद्यालयका कागजातहरु, कम्प्युटर मोनिटर, सिपीयू, टबुल, डेक्स, बेञ्च लगायतका सर–समान जलेर नष्ट भएको छ ।

उनले आगलागीबाट विद्यालयमा ७ लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको बताए । आगलागीपछि विद्यालयबाट केही सामानहरु चोरी समेत भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?