+
+

जर्मन मिडफिल्डर मुसियालालाई गर्न थालियो मेस्सीसँग तुलना

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १९:१२

१२ मंसिर, काठमाडौं । १९ वर्षीया जर्मन खेलाडी जमाल मुसियालाले आइतबार राति फिफा विश्वकपको महत्वपूर्ण खेलमा स्पेनलाई बराबरीमा रोक्न प्रभावशाली प्रदर्शन गरे ।

उनले स्पेनविरुद्ध जर्मनीको बराबरी गोलका लागि असिस्ट गरेका हुन् । चार पटकको विश्वकप विजेता जर्मनी आइतबार स्पेनसँग फिफा विश्वकप २०२२ को लागि आफ्नो अस्तित्व बचाउन संघर्षरत थियो । जहाँ जमालले व्याक्तिगत रुपमा तारिफयोग्य प्रदर्शन गरे ।

जर्मनीका युवा खेलाडी जमालको प्रदर्शनले धेरैलाई लोभ्याउन थालेको छ । उनको खेलको स्तर हेर्दा अर्जेन्टिनी सुपरस्टार मेस्सीसँग तुलना गर्न थालिएको छ ।

बुन्डेसलिगा टिम बायर्न म्युनिखका युवा मिडफिल्डर जमालको जन्म जर्मनीमा भए पनि अधिकांश बाल्यकाल भने इङ्ल्यान्डमा बित्यो । उनको विद्यालयस्तरको पढाइ इङ्ल्यान्डमा भयो । फुटबलका लागि भने उनले जन्मभूमिलाई नै अँगाल्ने निर्णय लिए । कतारमा जारी विश्वकपमा जर्मन टोलीका लागि यी युवा मिडफिल्डर एक उदयीमान स्टार रुपमा चिनिन थालेका छन् ।

समुह ईको अन्तिम स्थानमा रहेको जर्मनीले नकआउट यात्राका लागि बिहीबार हुने कोस्टरिकासँगको खेल जित्नैपर्ने छ । त्यतिमात्र होइन यो समूहको अर्को खेलमा स्पेनले जापानलाई हराएको खण्डमा मात्र जर्मनको विश्वकप यात्रा जारी रहनेछ ।

जर्मनीका पूर्वकप्तान लोथर मेथ्युज जमाललाई भविष्यको आश लाग्दा खेलाडी भएको बताउँछन् । ‘उनी भविष्यका मेस्सी हुन सक्छन्, उनी उत्कृष्ट खेलाडी हुन्,’ सन् १९९० मा जर्मनका लागि विश्वकप जितेका कप्तान मेथ्युज भन्छन्, ‘मैले उनलाई दुई वर्षदेखि नियालिरहेको छु । उनको शैली र व्यक्तित्व दुवै निकै राम्रो छ । अहिले १९ वर्षका खेलाडी हुन् । उनको यही शैलीले उनलाई उत्कृष्ट फुटबलर बनाउनेछ । उनको पासिङ एकदमै राम्रो छ । चतुर र छरिता छन् र फुटबललाई माया गर्छन् ।’

मेथ्युजले ठ्याक्कै दावी गर्न नसके पनि भविष्यमा मेस्सीजत्तिकै सफलता पाउने क्षमता जमालमा रहेको तर्क गरे । ‘जमाल अर्को मेसी हुन सक्छन् । जब मेसी १७/१८ वर्षका थिए तब उनलाई पहिलो पटक हंगेरीविरुद्ध खेल्न मौका मिलेको थियो । उनलाई ४० सेकेन्डमा नै मैदान बाहिर पठाइएको थियो ।’

आइतबारको खेलमा जमालको प्रभावशाली खेल देखियो । उनले टोलीमा ८४ प्रतिशत पास क्षमता, शतप्रतिशत क्रस र सात पटक ग्राउन्ड डुयल्स जित्दै तीन मह्त्वपूुर्ण पास र जर्मनका लागि खेल बराबरी गर्ने गोलका लागि निकोलसलाई पास मिलाएका थिए ।

जमाल बार्यन म्युनिखका लागि कान्छा गोलकर्ता हुन् । जर्मनीका लागि दोस्रो युवा गोलकर्ता हुन् । त्यस्तै उनी जर्मनीका लागि राष्ट्रिय टिमबाट डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडीसमेत हुन् । उनले युरो २०२० जर्मनीका लागि खेलेका थिए ।

हाल उनी जर्मनीका लागि विश्वकै उत्कृष्ट फुटबल प्लेटर्फममा आफ्नो प्रभाव जमाइ रहेका छन् ।

टोटनह्यामका पूर्व म्यानेजर मोरिसियो पोचेटिनोले भनेका छन्, ‘मेरो लागि जमाल मुसियाला प्रतिभाशाली युवा खेलाडीमध्ये एक हुन् । गाभी, जुड बेलिङ्घ, पेड्रीसँग खेलिरहेका उनी एक उत्कृष्ट प्रतिभा हुन् । मलाई लाग्छ यो विश्वकपमा उनले अझै राम्रो गर्नेछन् र जर्मनीलाई राम्रो उपहार दिन सक्नेछन् ।’

जर्मन टिमका पूर्वम्यानेजर योर्गन किलिङ्समेनले भने, ‘जमाल जर्मनीका लागि राम्रो खेलाडी हुन् । उनीमा धेरै आश्चर्यचकित पार्ने खेल शैली तथा गुणहरु छन् । उनी बार्यनको खेल शैलीमा हुर्किर्एका खेलाडी हुन् । उनको यो पहिलो विश्वकप हो र उनी निरन्तर अघि बढिरहनेछन् ।’

उनी २०२६ सम्मका लागि बार्यनमा अनुबन्ध भइसकेका छन् । जर्मनीका पत्रकार आर्ची राइन्ड टुटका अनुसार जर्मनका लागि जमाल एक अमूल्य खेलाडी हुन् । उनले बीबीसी रेडियोसँगको कुराकानीमा भने, ‘जमालका लागि यो एउटा ठूलो प्लेर्फम हुन सक्छ जहाँबाट उनी अन्य ठूला उपलब्धीहरु हासिल गर्न सक्नेछन् । यो एउटा मौका पनि हो, उनले साँच्चै जर्मन टिमलाई अघि बढाउन सक्लान्, कि नसक्लान् । मलाई लाग्छ विश्वकप उनको छवि मजबुत बनाउने एक राम्रो मौका हो ।’

उनले जर्मन मिडियामा बार्यनमा जमालको अनुबन्धताका बारेमा चर्चा चलेको बताए । ‘बार्यनमा उनलाई ४०० मिलियन युरोमा अनुबन्ध गर्नु जमालका लागि कम रकम रहेको बताइएको छ,’ पत्रकार टुटले भने, ‘उनलाई बार्यनको क्लबको भविष्यको रुपमा हेर्न थालिएको छ । उनको खेलमा यस्ता धेरै चिजहरु छन्, जसले उनलाई राम्रो खेलाडीको रुपमा चिनाउन मद्धत गरेको छ । विपक्षीले उनलाई रोक्न लागे पनि उनी हार मान्ने खेलाडी होइनन्, जस्तो लियोनल मेसी थिए । वास्तवमा उनी निकै खास छन् ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?