+
+

दक्षिण कोरियामाथि घानाको रोमाञ्चक जित, नकआउट पुग्ने सम्भावना कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते २१:०९

१२ मंसिर, काठमाडौं । मोहमोद कुडुसको दुई गोल मद्दतमा घानाले समूह एचको खेलमा आइतबार दक्षिण कोरियालाई ३-२ ले पराजित गर्दै कतारमा जारी विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा कोरियाका लागि चो गुए सोङले दुई गोल गरे पनि हार टार्नलाई पर्याप्त भएन । घानाका लागि अर्को गोल मोहमेद सालिसुले गरे ।

पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको घानाले पाँच गोलको थ्रीलर खेलमा कोरियामाथि रोमाञ्चक जितसहित पहिलो ३ अंक जोडेको छ । दुई खेलबाट ३ अंकसहित घाना दोस्रो स्थानमा उक्लेको छ ।

पहिलो खेलमा उरुग्वेसँग बराबरी खेलेको कोरियाको भने यो पहिलो हार हो । दुई खेलबाट १ अंक मात्र रहेको कोरियाका लागि अन्तिम १६ को यात्रा कठिन बन्दै गएको छ ।

मोहमद सालिसुले २४औं मिनेटमा गोल गर्दै घानालाई पहिले अग्रता दिलाएका थिए । त्यसको दश मिनेटपछि कुडुसले गोल गर्दै घानालाई दुई गोलको अग्रता दिलाए ।

पहिलो हाफमा दुई गोलले पछि परेको कोरिया दोस्रो हाफमा दुई मिनेट अन्तरमा सोङले दुई गोल गरेपछि खेलमा फर्किएको थियो ।

सोङले ५८औं र ६१औं मिनेटमा गोल गर्दै खेल २-२ को रोमाञ्चक स्थितिमा पुर्‍याएका थिए । तर खेलको हिरो बनेको कुडुसले ६८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै घानालाई ३-२ को अग्रता दिलाए ।

त्यसपछि कोरियाले बराबरी गोल फर्काउन संघर्ष गरेपनि सफल भएन ।

रेफ्रीले खेल सकिएको सिठ्ठी बजाएपछि कर्नर नदिएको आक्रोसमा रेफ्रीसँग वादविवाद गरेका कोरियाका प्रशिक्षक पाउलो बेन्टोले रातो कार्ड पाए  । इंग्लिस रेफ्री एन्टोनी टेलरले कोरियाले कर्नर पाउने बेला खेल सकिएको सिठ्ठी बजाएका थिए ।

विश्वकपमा घानाको १२ वर्षपछि यो पहिलो जित हो । सन् २०१० मा क्वाटरफाइनल पुगेको घाना २०१४ मा समूह चरणको दुई खेलमा पराजित भएको थियो भने एक खेल बराबरी खेलेको थियो । २०१८ को विश्वकपमा छनोट हुनै सकेन । घानाले पछिल्लो पटक २०१० को विश्वकप प्रिक्वाटरफाइनलमा अमेरिकालाई पराजित गरेको थियो ।

आइतबारै भएको पहिलो खेलमा क्यामरुन र सर्वियाले ३-३ को रोमाञ्चक बराबरी खेलेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?