+
+

चुनावी परिणामले हिन्दु राष्ट्रको एजेण्डा कमजोर भयो : राप्रपा नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १३:४६

१३ मंसिर, काठमाडौं । राप्रपा नेपालले आम चुनावको परिणम अपेक्षाकृत नभएको बताएको छ ।

मंगलबार बसेको राप्रपा केन्द्रीय सचिवालयको बैठकले पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने खालको संगठन निर्माण हुन नसकेको निष्कर्ष निकालेको छ ।

यो चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर छ । उसले भनेका छ, ‘चुनावमा पराजयका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको सम्वर्द्धनवादको विचार र दर्शनको औचित्य र महत्व यद्यपि कायमै रहेको छ ।’

बैठकले चुनावी परिणामबाट विचलिन नभई पार्टी संगठनलाई सुदृढ तुल्याउन नेता कार्यकर्तालाई आह्वान गरेको छ ।

राप्रपा नेपालका उम्मेदवारले आफ्नै चिह्नबाट चुनाव लडेको भए पनि अध्यक्ष कमल थापा भने नेकपा एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका थिए । थापा राप्रपाका दीपक सिंहसित मकवानपुरमा पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?