+
+

सोसलिस्ट इन्टरनेशनलको अध्‍यक्षमा पेड्रो सान्चेज निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १५:१३

म्याड्रिड । स्पेनको म्याड्रिडमामा नोवेम्बर २५-२७,२०२२ बाट सुरु भएको तीन दिने विश्वभरिका समाजवादीहरूको साझा सस्था सोसलिस्ट इन्टरनेशनलको महाधिवेशनमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन् ।

उक्त महाधिवेशनमा जीसीले नेपाली काँग्रेसको तर्फ बाट नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्व अध्यक्षको रूपमा प्रतिनिधित्व गर्दै उपाध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित् भएका छन्।

यस अगाड़ी नेपाली कांग्रेसका सभापतिद्वय, महामानव बि पी कोइराला र शेर बहादुर देउवाले बिश्व भरिका समाजवादीहरूको साझा सस्था सोसलिस्ट इन्टरनेशनलको नेपाली कांग्रेसिको प्रतिनिधित्व गरि उपाध्यक्ष जितेर प्रतिनिधित्व गरेका थिए ।

उक्त गौरवशाली सगठनमा नेपाल र नेपाली कांग्रेसको तर्फबाट जन संपर्क समिति अमेरिका का पूर्व अध्यक्ष खगेन्द जी सी ले जन सम्पर्क समिति पूर्व अध्यक्षका हैसियतले र वेद प्रसाद खरेल नेपाली काग्रेसका पूर्व महासमिति सदस्य , नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्व सह-सयोजकका हैसियतले भाग लिएका थिए ।

नेपाली कांग्रेस सोसलिस्ट इन्टरनेशनलको सदस्य रहदै आएको छ । महाधिवेशनको क्रममा जीसी र खरेल सग भएको भेट र छलफलका क्रममा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोना महामारीका बेलामा नेपाललाई गरेको सहयोगको बारेमा समेत उल्लेख गरेको महाधिवेशनमा सहभागी बेदप्रसाद खरेलले जानकारी दिए ।

भौगोलिक सन्तुलन र लैङ्गिक सन्तुलन सुनिश्चित गर्नको सोसलिस्ट इन्टरनेशनलका अधिकतम छत्तीस उपाध्यक्ष हुन सक्छन् । तर उम्मेदबारी भने ४५ जनाको परेको थियो । मध्यपूर्व र एसिया प्यासेफिकक्षेत्रबाट ८ जनाको उम्मेदबारी परेको थियो । यसभन्दा अगाडि सोसलिस्ट इन्टरनेशनलमा ३१ जना उपाध्यक्षहरु रहेका थिए ।हाल बिधान संशोधन गरेर ३६ जना बनाइएको थियो ।

प्रत्येक क्षेत्रलाई समानुपातिक रूपमा उपाध्यक्षको संख्यामा बाँडफाँड गर्न सबैभन्दा ठूलो औसत लार्जेस्ट एभरेज विधि प्रयोग गरिएको थियो । यो प्रणाली धेरै देशहरूमा संसदीय सीटहरू बाँडफाँड गर्न प्रयोग गरिन्छ।

५० वर्षीय पेड्रो सान्चेजले ग्रीसका पूर्व प्रधानमन्त्री जर्ज पापान्ड्रेउबाट विश्वभरका १३२ राजनीतिक दलहरूको समूह रहेको सोसलिस्ट इन्टरनेशनलको प्रमुखको रूपमा कार्यभार ग्रहण गरेका छन्। महाअधिवेशनमा विश्व भरिका ११७ देशका ३५० जनाको सहभागिता छ ।

सन् २०१४ देखि स्पेनको समाजवादी पार्टीको नेतृत्व गर्ने सान्चेज निर्विरोध निर्वाचित भएका हुन् । घानाकी बेनेडिक्टा लासी सोसलिष्ट इन्टरनेशनलको पहिलो महिला र अस्वेत महासचिव बनेकी छिन् ।

पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेर्रेसले सन् २००५ मा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको प्रमुख हुनु अघि सोसलिस्ट इन्टरनेशनलको नेतृत्व गरेका थिए । र पछि सन् २०१७ मा उनी संयुक्त राष्ट्र महासचिव बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?