+
+

मंगलबार साँझसम्म मतगणना हेर्दा समानुपातिकमा कुन दलले कति सिट पाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १७:५५

१३ मंसिर, काठमाडौं । जनमत पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड कटाएर समानुपातिकमा आफ्नो हिस्सा सुरक्षित गरेपछि प्रमुख दलहरुको समानुपातिक सिट केही घट्ने देखिएको छ ।

मंगलबार बेलुकी यो समाचार तयार पार्दासम्मको समानुपातिक मतगणना अनुसार, ९८ लाख २१ हजार सदर मत गणना भइसकेको छ । त्यसमा एमालेले २६ लाख ४६ हजार मत पाएको छ । निर्वाचन आयोगले समानुपातिकको सिट निकाल्न प्रयोग गर्ने सेन्ट लग विधिबाट हिसाब निकाल्दा एमालेले ३४ सिट पाउँछ । यसअघि जनमत पार्टीले थ्रेसहोल्ड नकटाउँदासम्म उसको ३५ सिट थियो ।

नेपाली कांग्रेसले समानुपातिकततर्फ २५ लाख मत कटाएको छ । कांग्रेसले अब ३२ सिट पाउने देखिन्छ । जनमतले थ्रेसहोल्ड नकटाउँदासम्म उसले ३३ सिट पाउने आकलन थियो ।

माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उछिनेर तेस्रो बनेको छ । माओवादी केन्द्रले ११ लाख २८ हजार मत पाएको छ । रास्वपाले १० लाख ८५ हजार मत पाएको छ । यो मतपरिणामका आधारमा माओवादी केन्द्र र रास्वपाले १४/१४ सिट पाउँछन् ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ५९ हजार मत सहित ७ सिट पाउने देखिन्छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ३ लाख ७८ हजार मत सहित ५ सिट पाउने देखिन्छ ।

जनमतलाई ४ सिट

मंगलबार बिहान जनमत पार्टीले समेत थ्रेसहोल्ड कटाएको छ । उसले ३ लाख ३६ हजार मत पाएको छ । पछिल्लो मत परिणाम अनुसार उसले ४ सिट पाउँछ । १ करोड ८ लाख मत खसेको अनुमानका आधारमा जनमत पार्टी थ्रेसहोल्डको सिमाबाट सुरक्षित देखिन्छ ।

एकीकृत समाजवादी थ्रेसहोल्डको सीमा कटाउन प्रयासरत छन् । उसले अहिलेसम्म २ लाख ७७ हजार मत पाएको छ । जुन कुल सदर मतको २.८२ प्रतिशतमात्रै हो ।

कूल सदर मतको ३ प्रतिशत मत नपाउने दलले थ्रेसहोल्ड कटाउँदैनन् र थ्रेसहोल्ड नकटाउने दलले समानुपातिकमा कुनै हिस्सा पाउँदैनन् ।

दलको नाम प्राप्त मत सिट
नेकपा एमाले २६४६४४९ ३४
नेपाली कांग्रेस २५००१५२ ३२
नेकपा माओवादी केन्द्र ११२८९०७ १४
राष्ट्रिय स्वतन्त्र पार्टी १०८५८५७ १४
राप्रपा ५५९५३४
जनता समाजवादी पार्टी ३७८१५०
जनमत पार्टी ३३६०३८
कुल ९८२१५६१ ११०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?