+
+

२१ मंसिरदेखि आईपीओ निष्कासन गर्दै सुपरमाई हाइड्रोपावर, वैदेशिक रोजगारीमा रहेकाले पनि भर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १२:५०

१४ मंसिर, काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले २१ मंसिरदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

यस्तै जारी पूँजीको १० प्रतिशले हुन आउने ५ लाख कित्ता सेयर सर्वसाधाणका लागि छुट्याएको छ । सार्वजनिक निष्कासन गर्ने ५ लाख कित्ताको १० प्रतिशतले हुने ५० हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरिने ५ लाख कित्ता सेयरमध्ये ४० प्रतिशत अर्थात २ लाख कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका-५ बरबोटे र इलाम नगरपालिका-२ सुम्बेक तथा माइजोगमाई गाउँपालिका-५ योयाङंका बासिन्दाहरुमा बाँडफाँट हुने कम्पनीले जनाएको छ । बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता सो क्षेत्रबाहेकका इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुमा बाँडफाँट हुने कम्पनाीले प्रकशित गरेको आह्वानपत्रमा उल्लेख छ ।

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई निष्कनस गरेको आईपीओमा ६ पुससम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिएको सेयरमा उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि २१ पुससम्म थप हुने आह्वानपत्रमा उल्लेख छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?