+
+

ओस्कारले २३ विधाकै पुरस्कार वितरणलाई प्रत्यक्ष प्रसारण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १२:५३

काठमाडौं । गत वर्ष निकै आलोचित बनेको ओस्कार अवार्डको एक नियमलाई द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले पुनर्विचार गर्ने जनाएको छ ।

समयको बचत गर्न भन्दै गत वर्ष केही विधाको पुरस्कार वितरणको प्रत्यक्ष प्रसारणमा रोक लगाइएको थियो । तर यस वर्ष भने सबै २३ विधाको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

ओस्कार आयोजक संस्थाका कार्यकारी अधिकृत बिल क्रेमरले विज्ञप्ति जारी गर्दै सबै विधालाई प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेका छन् । गत वर्ष हटाइएका आठवटा विधालाई पनि समेटेर लाइभ गर्नेतर्फ पुनर्विचार भएको उनले जानकारी दिए ।

सन् २०२२ को ओस्कारमा ओरिजिनल स्कोर, मेकअप एण्ड हेयर स्टाइलिङ, डकुमेन्ट्री सट, फिल्म एडिटिङ, प्रोडक्सन डिजाइन, एनिमेटेड सट, लाइभ एक्सन सट, ध्वनिको विधाको पुरस्कार वितरणको प्रत्यक्ष प्रसारण गरिएको थिएन ।

ओस्कारको यस कार्यको निकै आलोचना भएको थियो । भेराइटी म्यागजिनसँग कुरा गर्दै सीईओ बिलले भने, ‘हामी कला, विज्ञान र फिल्म निर्माणको सहयोगी प्रकृतिको उत्सव मनाउन प्रतिबद्ध छौं । यो एकेडेमीको उद्देश्य हो । हामीले फिल्म निर्माणका सबै तत्वलाई मनोरञ्जनात्मक र आकर्षक तरिकाले मनाउने कार्यक्रम गर्न सक्छौं ।’

गत जुनमा बिल क्रेमर सर्वसम्मत ढंगले एकेडेमीको सीईओमा नियुक्त भएका थिए । आगामी मार्च १२ मा हलिउड सहर लस एन्जलसमा ओस्कारको ९५ औं संस्करण आयोजना हुँदैछ । जिम्मी किमेलले यसपटकको ओस्कार समारोहको होस्ट गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?