+
+
WC Series
काठमान्डु गोर्खाज 2025
134/6 (20)
VS
Biratnagar won by 5 wickets
Won विराटनगर किंग्स 2025
135/5 (17.2)
Shares

रुपन्देहीमा कांग्रेसका ११ नेताले मागे जिल्ला सभापतिको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १७:३४

१४ मंसिर, बुटवल । गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि रुपन्देही कांग्रेसभित्र अन्तर्घातको आरोप प्रत्यारोपसहित आन्तरिक किचलो सुरु भएको छ ।

जिल्लामा रुपन्देही ३ बाट गृहमन्त्री खाँण, रुपन्देही ५ मा भरत शाहले चुनाव हारेका थिए । दुबै जना पार्टीभित्र संस्थापन पक्षका हुन् । उनीहरूले हारेपछि संस्थापन पक्षले पार्टीभित्रको अन्तर्घातका कारण पराजय व्यहोर्नुपरेको आरोप लगाएका छन् ।

संस्थापन पक्ष निकटका नेताले अन्तर्घातको आरोप लगाएपछि संस्थापन इतरका ११ जना नेताले बुधबार विज्ञप्ति जारी गर्दै रुपन्देहीमा कांग्रेसको नतिजा निराशाजनक आउनुमा जिल्ला नेतृत्वले नैतिक जिम्मेवारी लिंदै राजीनामा दिनुपर्ने माग गरेका छन् ।

रुपन्देहीमा गृहमन्त्रीका भाइ रामकृष्ण खाँण कांग्रेसका जिल्ला सभापति छन् । पदाधिकारीमा पनि संस्थापन पक्षको बाहुल्य छ ।

संस्थापन इतरका नेताहरु लुम्बिनी प्रदेश समितिका सदस्यहरु रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, लुम्बिनी प्रदेश समितिका पूर्वसदस्य रमा अर्याल, पूर्व महाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्वकेन्द्रीय सदस्य हरि न्यौपाने, पूर्वक्षेत्रीय सचिव जोगबहादुर खत्री, क्षेत्रीय प्रतिनिधिहरु खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईंले बिज्ञप्ति जारी गर्दै नेताहरूको हारको मुख्य जिम्मेवारी जिल्ला नेतृत्वले लिनुपर्ने बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?