+
+

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु

तामाकोशी ३ को जफे हेल्थपोस्ट मतदान केन्द्रमा भएकाे पुन:मतदान ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते ७:३१
Photo Credit : Suresh Kafle
तामाकोशी ३ को जफे हेल्थपोस्ट मतदान केन्द्रमा भएकाे पुन:मतदान ।

१४ मंसिर, काठमाडौं । विवादका कारण रोकिएको दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।  मतदान साँझ ५ बजेसम्म चल्ने छ ।

११ मंसिरमा बसेको निर्वाचन आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र, वडा नम्बर ६ को वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्र क, ख, गमा मतदान भइरहेको छ ।

यस्तै तामाकोशी गाउँपालिका वडा नम्बर- ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० वटा मतदान केन्द्रमा ४ मंसिरमा भएको निर्वाचनलाई रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?