+
+

गायक सुनिल गिरीले गरे प्रेमिका अञ्जु आचार्यसँग जर्मनीमा विवाह

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १३:४४

काठमाडौं । विवाह सिजन सुरु भएको छ । कलाकार धमाधम विवाह बन्धनमा बाँधिदैछन् । चर्चित गीत ‘को होला त्यो’ फेम्ड गायक तथा संगीतकार सुनिल गिरीले पनि विवाह गरेका छन् ।

फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै उनले अञ्जु आचार्यसँग आफूले विवाह गरेको जनाएका छन् । बेहुला बेहुली लुक्समा फिचर्ड उनीहरुले यो म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । केही वर्षदेखि उनीहरु प्रेममा रहेको जनाइएको छ ।

विवाहको खबर सार्वजनिक गर्ने गिरीको यो शैली पनि गज्जबकै छ । यो गीतको कम्पोज उनै आफैंले गरेका छन् । नेपाल र जर्मनीमा भिडियो छायांकन गरिएको छ ।

को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझ सुनिलका हिट गीत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?