+
+

लमहीमा प्रमुख प्रशासकीय अधिकृतविरुद्ध आन्दोलनमा उत्रिए जनप्रतिनिधि र कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १४:५१

१५ मंसिर, दाङ । लमही नगरपालिकाकाका जनप्रतिनिधि र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको माग गर्दै आन्दोलन गरेका छन् ।

बिहीबार केही वडाअध्यक्ष र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी बस्दै आएको लमही नगर विकासको क्वार्टरमा पुगेर घेराउ गरेका हुन् । आन्दोलनमा उत्रिएकाहरुले कर्मचारीहरुले डाँगीको नेम प्लेटसमेत तोडफोड गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत डाँगीले मनपरी कर्मचारी हेरफेर र सरुवा गरेकाले आन्दोलनमा उत्रिएको कर्मचारीहरुले बताएका छन् । प्रमुख प्रशासकिय अधिकृत डाँगीको सरुवा नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीहरुले अडान लिएका छन् ।

लमही नगरपालिकाबाट सरुवा भएको केही हप्तापछि डाँगी पुनः लमही नगरपालिकामा हाजिर भएका थिए । यसअघि पनि वडाध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवाको माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।

लमही नगरपालिका–५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले प्रमुख प्रशासकीय अधिकृतले वडाध्यक्षहरुलाई प्रभावमा पार्न खोज्ने, अन्तरविरोध सिर्जना गर्ने र कर्मचारीहरुलाई मनपरी हेरफेर गरेको हुनाले आफूहरु आन्दोलित भएको बताए ।

प्रमुख प्रशासकीय अधिकृतले आफूखुसी निर्णय गर्ने र कर्मचारीहरलाई अनाश्वयक दुख दिएको उनको भनाइ छ । उनले प्रशासकीय अधिकृतको कार्यशैली ठीक नुहँदा विकास निर्माणको काममा समेत प्रभाव परेको सुनाए ।

‘उहाँ पटक–पटक विवादित भएकाे व्यक्ति हो’, उनले भने, ‘हामी उहाँको कार्यशैली ठीक नभएपछि सुरवाको माग राखेर आन्दाेलनमा उत्रिएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?