+
+

कतार विश्वकपमा १०० गोल पूरा, मोरक्कोका नाएफ बने पहिलो आत्मघाती गोलकर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते २३:३०

१५ मंसिर, काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपमा एक सय गोल पूरा भएको छ ।

समूह एफ अन्तर्गत मोरक्को र क्यानडाबीचको खेलमा पहिलो हाफमा तीन गोल भएपछि सय गोल पुगेको हो ।

खेलमा मोरक्कोले यस विश्वकपको ९८औं र ९९औं गोल गर्‍यो । एक सयौँ गोल पनि मोरक्कोकै खेलाडीले गरे । तर उक्त गोल भने क्यानडाको नामम रह्यो ।
मोरक्कोका नाएफ अगुएर्डले ४०औं मिनेटमा गरेको आत्मघाती गोल सयौँ गोल बनेको हो ।

साथै जारी विश्वकपमा यो पहिलो आत्मघाती गोल पनि हो । यस्तै मोरक्कोले यस विश्वकपमा खाएको पनि यो नै पहिलो खेल हो ।

पहिलो खेलमा मोरक्कोले क्यानडामाथि २-१ काे जित हासिल गरेकाे छ भने अर्को खेलमा क्रोएसिया र बेल्जियमले बराबरी खेलेका छन् ।

याे नतिजाले मोरक्को ७ अंक जोडेर शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेकाे छ भने क्रोएसिया ५ अंकसहित समूह उपविजेता बनेकाे छ ।  ४ अंक सहित बेल्जियम तेस्रो भएर समूहबाटै बाहिरिएकाे छ ।

जारी विश्वकपमा इक्वेडरका इनर भ्यालेन्सिया, फ्रान्सका किलिएन एमबाप्पे, इंग्ल्याण्डका मार्कुस रासफोर्ड र नेदरल्याण्ड्सका कोडी गाक्पोले समान ३-३ गोल गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?