+
+

स्पेनमाथि सनसनी जित निकाल्दै जापान विश्वकपको अन्तिम १६ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते ३:१६

१६ मंसिर, काठमाडाैं । सनसनीपूर्ण खेलमा स्पेनमाथि २-१ गोलअन्तरको जित निकाल्दै एसियाली महारथी जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जापान समूह ई को विजेतासमेत बन्यो । समूहमा पूर्व विश्व च्याम्पियनहरु स्पेन र जर्मनी दुवैलाई हराएको जापानले कोष्टारिकासँग हार बेहोरेको थियो ।

६ अंकसहित समूह विजेता बनेको जापानले समूह एफको उपविजेता क्रोएसियासँग क्वाटरफाइनल प्रवेशका लागि खेल्नेछ । उपविजेता स्पेनले भने सो समूहको विजेता मोरक्कोसँग खेल्नेछ ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ११औं मिनेटमै अल्भारो मोराटाले गरेको गोलबाट पछि परेको जापान पहिलो हाफमा पूर्णतया स्पेनको छायाँमै थियो ।

दोस्रो हाफमा स्पेनको टिकिटाकामाथि हावी देखिएको जापानले सुरुवाती ६ मिनेटमै २ गोल फर्काउन सक्याे । ४८औं मिनेटमा रित्सु डोआन र त्यसको तीन मिनेटपछि आओ तानाकाले गोल गरेपछि जापान खेलमा फर्कियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?