+
+

समूह एच प्रिभ्यु : कोरिया, उरुग्वे र घाना मध्ये २ टिम फर्कन्छन् घर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १०:५४

१६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा समूह एचका पोर्चुगल र साउथ कोरिया तथा उरुग्वे र घानाबीचको खेल आज राती पौने ९ बजे हुनेछ ।

यस समूहबाट पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ भने बाँकी तीन टिम एक स्थानका लागि प्रतिस्पर्धामा छन् । दक्षिण कोरिया, उरुग्वे र घाना मध्ये एक टिम मात्र अन्तिम १६ मा पुग्नेछन् ।

पोर्चुगलले यसअघि घाना र उरुग्वेलाई हराएर अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ । पोर्चुगल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । एक खेलमा जित निकालेको घाना ३ अंकसहित दोस्रो स्थानमा छ भने उरुग्वे र साउथ कोरियाको समान १ अंक छ ।

कुन टिमलाई अघि बढ्न के चाहिन्छ?

पोर्चुगलले अन्तिम १६ मा स्थान बनाइसकेकोले अब उसको नजर समूह विजेता बन्नेमा हुनेछ । दक्षिण कोरिया विरुद्ध बराबरी खेलेमा पनि पोर्चुगल समूह विजेता बन्नेछ । यदी उरुग्वे र घानाले बराबरी खेलेमा कोरियासँग पराजित भए पनि पोर्चुगल समूह विजेता बन्नेछ ।

कोरियाको लागि भने नकआउट चरणमा पुग्नका लागि पोर्चुगललाई हराएर मात्र पुग्दैन अर्को खेलमा घानाले उरुग्वेसँग बराबरी खेल्नुपर्नेछ वा उरुग्वेले पनि घानालाई हराउनुपर्नेछ ।

यदी कोरिया र उरुग्वेले आफ्नो खेल जिते दुवैको समान ४ अंक हुनेछ र यस्तोमा गोलअन्तर निर्णायक हुनेछ । यसअघि कोरिया र उरुग्वेले गोलरहित बराबरी खेलेका थिए ।

उरुग्वेको हकमा भने घानालाई पराजित गर्नुपर्नेछ भने कोरिया पोर्चुगलसँग पराजित हुनुपर्नेछ । यस्तो नतिजा आएमा उरुग्वे समूह उपविजेता बन्दै अन्तिम १६ मा पुग्नेछ ।

घाना भने उरुग्वेलाई पराजित गरे सिधै अन्तिम १६ मा पुग्नेछ । उरुग्वेसँग पराजित भएमा भने घाना बाहिरिनेछ । यस्तै उरुग्वेसँग बराबरी खेलेमा पनि घानाको अघि बढ्ने सम्भावना कायम रहनेछ । यसका लागि अर्को खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

घाना र उरुग्वेको १२ वर्षअघिको त्यो ड्रामा

घाना र उरुग्वेबीचको खेलले १२ वर्षअघि यी दुई टीमबीच भएको घटनालाई सम्झाइदिएको छ । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा यी दुई टोली क्वाटरफाइनलमा भिडेका थिए । त्यसबेला उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले अतिरिक्त समयमा गोल लाइनबाट जानी जानी हातले बल रोकेका थिए । जसले गर्दा घाना सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिमको इतिहाच रच्नबाट बञ्चित भएको थियो ।

त्यसपछि सुआरेज रातो कार्ड पाउँदै मैदान बाहिरिए भने घानाले पेनाल्टी पायो । तर असामोह जियानको पेनाल्टी प्रहार क्रसबारमा लाग्यो र घानाले मौका गुमायो । पछि पेनाल्टी सुटआउटमा उरुग्वे घानालाई हराएर सेमिफाइनल पुग्यो ।

कतार विश्वकपमा घानासँग भिड्नुअघि सुआरेजले १२ वर्षअघिको त्यो खेलमा आफ्नो गल्ती नभएको र माफी नमाग्ने समेत बताएका छन् ।

‘म माफी माग्दिन किनकी मैले ह्यान्ड गरेँ र रातो कार्ड पाए । तर घानाका खेलाडीले पेनाल्टी मिस गरे । यो मेरो गल्ती होइन किनकी पेनाल्टी मैले मिस गरेको होइन’, सुआरेजले भने ।

घानाका प्रशिक्षक ओट्टो एड्डोले घानाको फुटबल इतिहासमा त्यो घटनाको नराम्रो सम्झना रहे पनि आफूहरु बदला लिने भन्दा पनि सामान्य खेल खेल्न मैदान उत्रिने बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?