+
+

शरतसिंह भण्डारीले पनि भेटे कारागार पुगेर रेशम चौधरीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १७:०९

१६ मंसिर, काठमाडौं । टिकापुर घटनाका दोषी ठहर भइ जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीसँग लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले पनि भेट गरेका छन् ।

भण्डारीले शुक्रबार दिउँसो डिल्ली बजार चारखाल करागार पुगेर चौधरीसँग भेट गरेको लोसपाका एक नेताले बताए ।

उनीहरुबीच राष्ट्रिय राजीतिको सबाल र समसामयिक बिषयमा छलफल भएको छ ।

टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा अदालतबाट सजाय पाएका चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा ४ सिट जितेको छ । चुनावी नतिजा लगत्तै विभिन्न दलका नेताले चौधरीसँग भेटघाट बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?