+
+

दोलखामा जिरीको मतगणना हुँदा माओवादी केन्द्रका कार्की ११ सय मतान्तरले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १७ गते १३:३७

१७ मंसिर, काठमाडौं । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् । हाल जिरी नगरपालिकाको मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर केही घटाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार दिउँसो सार्वजनिक गरेको मत परिणाम अनुसार माओवादी केन्द्रका गंगा कार्कीले १० हजार ४७२ मत पाएका छन् भने नेकपा एमालेका शिवाकोटीले ९ हजार ३०५ मत पाएका छन् ।

हालसम्म गौरीशंकर गाउँपालिकाका ८ वटा वडा, कालिन्चोक गाउँपालिकाको सबै वडा र जिरी गाउँपालिकाको वडा नं ६, ७, ८ र ९ को मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?