+
+

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १७ गते १९:१०

१७ मंसिर, काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको छ ।

कुल खसेको ७० हजार १९१ मतमध्ये ६८ हजार ५०८ मत गणना हुँदा धनराज एमाले उम्मेदवार पद्‍मा अर्याल भन्दा ५ हजार ७६६ मतान्तरले अघि छन् ।

कांग्रेस उम्मेदवार धनराजले ३० हजार ९६९ मत पाएका छन् भने पद्‍माले २५ हजार २०३ मत पाएकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १८ मत पाएका छन् ।

प्रदेशसभा २ मा पनि कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन् । कांग्रेसका महेश भट्टराईले १८ हजार ३७८ मत पाएका छन् भने एमालेका वुद्धिमान श्रेष्ठले १६ हजार २४३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?