+
+

सुनको मूल्य एक लाख नजिक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १२:२५

१८ मंसिर, काठमाडौं । बिहीबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

नयाँ मूल्य वृद्धिसँगै सुनको मूल्य डेढ महिनामा तोलामा ७ हजार रुपैयाँले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५ सय, तेजावी सुनको मूल्य ९९ हजार र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छपावाल सुनको प्रतितोला मूल्य ९९ हजार एक सय, तेजावी सुनको मूल्य ९८ हजार ६ सय र चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?