+
+

स्कालोनी आफ्नै आइडल भानविरुद्ध खेल्न उत्साहित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १३:४८

१८ मंसिर, काठमाडौं। अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले आफ्नै आइडल प्रशिक्षक लुइस भान गालको नेदरल्याण्ड्स विरुद्ध खेल्न उत्साहित छन् ।

शनिबार भएको अन्तिम १६ को दोस्रो खेलमा अष्ट्रेलियालाई २-१ ले हराएर अरज्नेटिनाले नेदरल्याण्ड्ससँग भेट पक्का गरेको हो । कप्तान लिओनल मेसी र युलियन अल्भारेजको गोलमा अर्जेन्टिनाले अहमद बिन अली स्टेडियममा जित निकालेको हो । त्यसअघि शनिवारै नेदरल्याण्ड्सले अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले हराएको थियो ।

दुवै टिम क्वाटरफाइनल पुगेपछि ४४ वर्षी स्कालोनीका लागि खेलाडी छँदै आफूले आइडल मानेको व्यक्तिगत विरुद्ध भेट गरायो ।

‘म डेपोर्टिभो ला कोरुनामा थिएँ तब उनी बार्सिलोनाका प्रशिक्षक थिए र उनी त्यसबेली उत्कृष्ट व्यक्तिगत थिए । म उनीविरुद्ध खेल्न उत्साहित छु । सबैला२ थाहा छ उनले फुटबलमा कति गरेका छन् भनेर ।’ स्कालोनीले ७१ वर्षीय भान गानको बारेमा भने ।

सन् २००० मा डेपोर्टिभा ला कुरानाले भान गालकै बार्सिलोनालाई पछि पार्दै ला लिगाको उपाधि जित्दा स्कालोनी ला कुरानाका खेलाडी थिए । स्कालोनीले नेदरल्याण्ड्सको टिम पहिलाको पुस्ताको टिम जस्तो नभएको तर अर्जेन्टिनालाई कठा परिक्षा दिने बताए ।

‘यो पहिलाको डच टिम जस्तो ब्रिलियन्ट छैन तर उनीहरु आफूले के गर्ने भन्नेमा स्पष्ट छन् ।’ स्कालोनीले भने । ‘दुई ऐतिहासिक टिम विरुद्ध यो उत्कृष्ट गेम हुनेछ । एउटा टिम बाहिरिनेछ र हामीलाई बशा छ हामी अगाडि बढ्नेछौँ ।’

यस्तै स्कालोनीले अष्ट्रेलिया विरुद्धको खेल पनि जित्न कठिन भएको बताए । गोलकिपर एमिलियानो मार्टिनेजले खेलको अन्त्यतिर उत्कृष्ट बचाउ गर्दै खेललाई अतिरिक्त समयमा जानबाट रोकेका थिए ।

‘हामी सन्तुष्ट छौँ । त्यस भन्दा पनि आजको खेल धेरै कठिन थियो ।’ स्कालोनीले भने । उनले खेलमा अर्जेन्टिनाले अग्रता बढाउने अवसर रहेको बताउँदै अन्तिमतिर प्रतिस्पर्धा नहुनुपर्ने बताए ।

यस्तै कतारको स्टेडियममा अर्जेन्टिनालाई समर्थन गर्ने पुगेका दर्शप्रति उनले आभार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?