+
+

चितवनमा खाग काटिएको अवस्थामा मृत गैंडा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १५:४६

१८ मंसिर, चितवन । चितवनको कालिका नगरपालिका-१ मा मृत गैंडा भेटिएको छ ।

चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैंडाको खाग र खुर भेटिएको छैन ।

डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको छ । गस्तीका क्रममा मृत गैंडाको हाडखुर मात्रै भेटिएको डिभिजन वन कार्यालय चितवनका प्रवक्ता बालकृष्ण खनालले जानकारी दिए ।

उनका अनुसारको गैंडाको खाग काटिएको अवस्थामा भेटिएको छ । डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा गस्ती कम हुँदै जाँदा गैंडा मरेको जानकारी ढिला गरी मात्रै प्राप्त हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?