+
+

माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १७:५६

१८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफूहरुले सत्ता गठबन्धनको विकल्प नखोजेको बताएका छन् ।

आइतबारको पदाधिकारी बैठकपछि संवाददाताहरुसँग बोल्दै उनले सरकार गठनका लागि मा सत्तारुढ गठबन्धनको विकल्प नखोजेको बताए । ‘अहिले गठबन्धनको विकल्पका बारेमा छलफल भएको छैन, गठबन्धन यथावत भएकाले त्यहीँबाट प्रयास हुने कुरा स्वभाविक भइहाल्यो’ उनले भने ।

सत्तारुढ गठबन्धनमा भएका दलहरुसँग छलफल नै नभएको भन्दै महासचिव गुरुङले गठबन्धन तोडिनुपर्ने कुनै कारण नभएको बताए । ‘गठबन्धनमा विमति, असहमति भइसकेको अवस्था त होइन, गठबन्धन तोड्नुपर्छ भन्ने कुरा त होइन, पार्टीले गठबन्धनको विकल्प सोचिसकेको छैन’ उनले भने ।

शनिबार माओवादी पदाधिकारी बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि सबै विकल्प खुला गरेको बताएका थिए । तर महासचिव गुरुङले उपाध्यक्ष महराको भनाइ सच्याएका छन् । ‘हिजो कुन प्रसँग, सन्दर्भमा कुरा प्रकट भए । तर, सरकार गठन, विकल्पका बारेमा केही कुरा भएकै छैन’ महासचिव गुरुङले भने ।

उनले चुनावको समीक्षामा बैठक केन्द्रित भएको बताए । ‘सरकार गठनका बारेमा प्रवेश गरेका छनौं,’ गुरुङले भने, ‘विकल्पका बारेमा त झन् प्रवेश हुने कुरै भएन ।’

चुनावको प्रारम्भिक समीक्षा गरेको माओवादीले सत्तारुढ गठबन्धन केही कमी कमजोरीका बाबजुद मूलभूत रुपमा सफल भएको प्रारम्भिक निश्कर्ष निकालेको बताए । ‘निर्वाचनबाट कतिपय सन्दर्भमा अपेक्षाकृत परिणाम नआए पनि मूलभूत रुपमा सफल र परिणाममुखी भएको छ’ उनले भने, ‘निर्वाचनमा थोरै तलमाथि त हुन सक्छ । यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?