+
+

मलको विषयलाई लिएर सिम्रौनगढमा झडप

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १५:४६

२० मंसिर, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ४ मा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको हो ।

वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग गरेको थियो । केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर उनीहरु पुग्दा वडा कार्यालय बन्द भइसकेको थियो ।

अपरान्ह ४ बजेसम्म खोल्नुपर्नेमा अगाडि नै बन्द गरेका कारण मलका लागि आवेदन दिन आफूहरु वञ्चित भएको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका थिए । मंगलबार सोही तालाबन्दी खोल्न लाग्दा विवाद झडपमा परिणत भएको छ ।

वडा प्रहरी कार्यालय सिम्रौनगढका अनुसार वडा कार्यालयमा गरिएको तालाबन्दी अझै खुल्न सकेको छैन । दुवै पक्ष लाठीभाटा लिएर बसेका कारणस्थिति अझै तनावपूर्ण रहेको स्थानीय पत्रकार रामेश्वर मेहताले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?