+
+

मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको प्रस्ताव : मौद्रिक नीति र ब्याजदरबारे हस्तक्षेप गरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १८:४५
फाइल तस्वीर

२० मंसिर, काठमाडौं । मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या पारेको भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव मन्त्रीहरुले गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले अहिलेको मौद्रिक नीति र ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव राखेको गृहमन्त्रालय सचिवालय स्रोतले जानकारी दिएको छ ।

सरकारले यस विषयमा निकास ननिकाले उद्योग, व्यवसाय र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने धारणा ती मन्त्रीहरुले राखेको स्रोतले जानकारी दियो ।

मौद्रिक नीति र बैंकको ब्याजदरका कारण उद्योग एवं व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको गुनासो उद्योगी व्यवसायीहरुले राख्दै आएका छन् । गलत मौद्रिक नीतिका कारण आफूहरूले व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायी सम्बद्ध संघ संस्थाहरूले मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारे ध्यानाकर्षण गराएका थिए ।

तीन मन्त्रीको धारणापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताएका थिए । अहिलेको मौद्रिक नीति र चर्को ब्याजदरका कारण मुलुकको अर्थतन्त्र र राजस्वमा गम्भीर प्रभाव पार्नेबारे आफू जानकार रहेको र सबै पक्षसँग सम्वाद गरी समस्याको समाधान निकाल्ने प्रधानमन्त्री देउवाले बैठकमा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?