+
+

चिकित्सा शिक्षा आयोगको ढिलासुस्तीले विद्यार्थी नपाएको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १९:२९

२० मंसिर, काठमाडौं । स्वास्थ्य विज्ञान शिक्षालय संघ (एएसआइए)ले चिकित्सा शिक्षा आयोगले समयमा विद्यार्थी नपठाउँदा पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालन भइरहेको शिक्षण संस्थाहरुले विद्यार्थी नपाएको जनाएको छ ।

पुर्वाञ्चाल विश्वविद्यालयबाट सम्बन्धन लिई देशभर प्यारामेडिक्स तर्फका कार्यक्रम सञ्चालन गरिरहेको कलेजहरुको छाता संगठन स्वास्थ्य विज्ञान शिक्षालय संघ (एएसआइए) ले आयोगबाट विकृति, विसंगती तथा ढिलासुस्तीको कारण आफुहरुले विद्यार्थी नपाएको आरोप लगाएको छ ।

एएसआइएले आयोगले मंसिर भित्रमा विद्यार्थी भर्ना गर्न पठाउन आयोगसँग माग गरिरहेको जनाएको छ । एएसआइएले विद्यार्थी भर्नाको लागि आवेदन दिनेको संख्या बढी भएपनि आयोगले ढिला गरी विद्यार्थी पठाउँदा कलेजहरुले विद्यार्थी नै पाउन छोडेकोले समयमा विद्यार्थी पठाउन आग्रह गरेको संस्थाका कार्यलय व्यवस्थापक पशुपति महरहठ्ठाले चिकित्सा शिक्षा आयोगको ढिला सुस्तीको कारण विद्यार्थीहरु हरेक वर्ष घटिरहेको बताए ।

कक्षा १२ को नतिजा भदौमा आए पनि चिकित्सा शिक्षा आयोगले फागुनमा एकिकृत प्रवेश परीक्षा लिने, म्याचिङ जेष्ठमा गर्ने र सम्बन्धित कलेजमा भर्ना गर्न विद्यार्थी पठाउँदा अर्को वर्षको असोज कार्तिकसम्म पुग्दा विद्यार्थी नै अरु क्षेत्रमा जाने हुँदा विद्यार्थी कम पाएको (एएसआइए) निस्कर्ष रहेको छ ।

आयोगका महासचिव केएन शर्मा भन्छन् ‘चिकित्सा शिक्षा आयोगको ढिलासुस्तीले विद्यार्थी नै अन्य क्षेत्रमा जान थालेका छन् । एक वर्ष ग्याप हुने गर्दा उनीहरु अन्य क्षेत्रमा जाने गरेका छन् ।’ लामो समय ग्याप हुने कारण संस्थाका अनुसार पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन २९ वटा शैक्षिक संस्थाले चिकित्सा शिक्षा पढाउने अनुमति पाएको छ ।

बीएन पढाउन ५८० कोटा पाएको मध्येमा अहिले करिब दुई सय जना मात्रै अध्ययनरत छन् । बीएस्सी नर्सिङमा पाएको ३९० कोटा हो तर त्यसमध्ये ८० जना विद्यार्थी मात्रै अध्ययनरत रहेका छन् । ती अधिकांश छात्रवृत्ति कोटामा पढ्न आएका विद्यार्थी रहेका छन् । बीपीएचको लागि ६८० कोटा मध्ये ८० जना मात्रै अध्ययनरत रहेको र यसमा सबै विद्यार्थी छात्रवृत्ति मार्फत आएका मात्रै अध्ययनरत रहेका छन् ।

त्यस्तैगरी बी फार्मेसीमा २४० कोटामध्ये १२५ जना अध्ययनरत रहेको संस्थाले जानकारी दिएको छ । चिकित्सा शिक्षा आयोगले विद्यार्थी पठाउन ढिला गर्दा हरेक वर्ष विद्यार्थीहरु घटिरहेको संस्थाको भनाई छ ।

संस्थाले माग गरे बमोजिम अबको दुई वर्षमा हुन्छ : आयोग

चिकित्सा शिक्षा आयोगले विद्यार्थी भर्नाका लागि पठाउन ढिला हुने भएपनि काम गर्न नसकेर अथवा लापरबाहीले गर्दा नभएको जनाएको छ । सम्बन्धित निकायसँगको छलफल गरेर नै विद्यार्थी भर्नाको लागि पठाईरहेकोले स्वास्थ्य विज्ञान शिक्षालय संघ (एएसआइए) ले भने अनुसार विद्यार्थी पठाउन नसकिने जनाएको छ ।

आयोगका सदस्य सचिव डा.भोजराज काफ्लेले आयोगले विश्वविद्यालयका भीसी तथा डीनहरुसँग बसेर छलफल गरिएको आधारमा विद्यार्थीलाई भर्ना गर्ने समय तोकिएको बताए । उनले भने यो ‘विश्वविद्यालयका भीसी तथा डीनहरुसँग बसेर छलफल गरेर कार्यतालिका तयार गरिएको हो ।

विद्यार्थी चाँडो पठाउँदा विद्यार्थी पढाउने ठाउँ नभएकोले ढिला पठाईरहेको हो ।’ आयोगको भनाई अनुसार भीसी तथा डीनहरुले तीन महिनासम्म ओभरल्याप गरेर पढाउन सकिन्छ भन्ने प्रतिवद्धता भएकोले हरेक वर्ष तीन महिना अगाडी भर्ना गर्न सकिने गरी समयतालिका तोकिनेछ ।

एएसआइएले भने अनुसार कतिपय कलेजमा विद्यार्थी राख्ने, प्रयोगात्मकका लागि समस्या हुने भएकोले विद्यार्थी नखप्टिनेगरी विद्यार्थी पठाइरहेको सदस्य सचिव काफ्लेले जिकिर गरे । एएसआइएले माग गरे अनुसारको तालिका अब दुई वर्षपछि मात्रै हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?