 
																			२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग निलम्बन फुकुवा गर्ने संसद सचिवालयको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सर्वोच्च अदालत बार एशोशिएशनका अध्यक्ष पूर्णमान शाक्यले गैरकानुनी ढंगले क्षेत्राधिकार बाहिर गएर संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको पत्र बदर गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेका हुन् ।
रिटमा सो पत्र बदर नहुन्जेलसम्म कार्यान्वयन नगर्न÷नगराउनका पनि अन्तरिम आदेश माग गरिएको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए । उनले संसदको फुल हाउसमा सो महाअभियोग प्रस्तावको प्रतिवेदन विचाराधीन रहेको अवस्थामा निलम्बित प्रधानन्यायाधीश जबरालाई उन्मुक्ति दिने काम संसद सचिवालयका महासचिव गौतमले गर्न नसक्ने प्रतिक्रिया समेत दिए ।
‘महाअभियोग सिफारिस समितिले महाअभियोग लगाउने भनेर निर्णय गरेर फूल हाउसमा प्रतिवेदन पेश गरिसकेको सन्दर्भमा सार्वभौमसत्ता सम्पन्न संसदमा विचाराधीन विषयलाई प्रशासनिक तहमा काम गर्ने एउटा कर्मचारीले निष्क्रिय बनाउन सक्दैन । त्यसैले त्यो क्षेत्राधिकारविहीन पत्र बदर गरी पाउँ । त्यो बदर नहुन्जेलसम्मका लागि त्यो पत्र कार्यान्वयन गर्नबाट रोकी पाउन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ’ उनले भने ।
संसद सचिवालयका महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश जबराको निलम्बन निष्क्रिष् भएको पत्र पठाएलगत्तै त्यसको न्याय र कानुन क्षेत्रका विज्ञहरुले विरोध गरेका छन् ।
हेर्नुहोस् रिट निवेदन



 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4