+
+

मह सिकार गरेको हेर्न राजेश हमालसहितका कलाकार भुजुङ गाउँमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १२:०१

‘भीरमौरीलाई भीरकै पिर

घरमौरीलाई घरकै पिर

यो मौरीको मन बस्यो, भन कोतिर ?’

बिहीबार बिहान लमजुङ जाँदै गर्दा अभिनेता राजेश हमालले आफ्नो हिट फिल्म ‘अल्लारे’को गीत गुन्गुनाए । उनले यो गीत गाउनुको पछाडि मौरी र मह सिकारको सन्दर्भ जोडिएको छ ।

मह सिकारको दृश्यावलोकन गर्न हमालसहितका कलाकारहरु विपिन कार्की, वर्षा सिवाकोटी, सिते बा, सुनिल पोखरेल, रामकृष्ण ढकाल लगायत लमजुङ पुगेका छन् । त्यहाँको भुजुङ गाउँ पुगेर मह सिकार हेर्ने कार्यक्रम छ ।

भुजुङ लाग्नुअघि हमालले आफू मह पारखी भएको सुनाए । ‘एकपटक टेस्ट गरेपछि कुन गुणस्तरको मह हो भन्ने थाहा पाउँछु,’ उनले सुनाए । म महको पारखी समेत हुँ,’ उनले भने ।

ओस्कार मनोनित फिल्म ‘क्याराभान’ निर्देशक एरिक भ्यालीको मह सिकारबारेको फोटोग्राफी पुस्तकको स्मरण पनि हमालले गरे । उनीसँगै रहेका अभिनेता कार्की र नायिका सिवाकोटीले पनि पहिलोपटक मह सिकार हेर्न जाने लागेको र आफूहरु उत्साहित भएको बताए ।

पर्यटन प्रवद्र्धन गर्न आयोजित स्पार्क एड्भेन्चर अभियानको लागि कलाकार लमजुङ पुगेका हुन् । पर्यटन प्रवर्द्धन हुने भएकाले कलाकारले निःशुल्क भाग लिएको जनाइएको छ ।

भुजुङ जानुपूर्व राजेश हमालले स्पार्क एड्भेन्चर २०२२ अभियान उद्घाटन पनि गरे । दुई दिनको उक्त यात्रामा कलाकारले लमजुङको रमणीय गुरुङ गाउँ घलेगाउँ पनि घुम्नेछन् ।

पर्यटन प्रवद्र्धनको लागि कलाकारले मुलुकका अन्य रमणीय स्थान पनि घुम्ने तयारी रहेको एड्भेन्चरका प्रमुख रोशन घिमिरेले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?