+
+

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १३:०६

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आगामी शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो ।

बैठकमा चुनावी समीक्षा हुने नेताहरुले बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय  सदस्यहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?