+
+

फिल्म हलमा आजदेखि विश्वकप फुटबल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १२:११

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आजको पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुँदैछ ।

नेपालमा टेलिभिजनमा मात्र फुटबल हेर्दै आएका दर्शकले शुक्रबारदेखि फिल्म हलको ठूलो पर्दामा समेत विश्वकप फुटबलको आनन्द लिन पाउनेछन् । काठमाडौं उपत्यकाका ठूला मल्टिप्लेक्सले मिडिया हबसँग फुटबल देखाउने सहमति गरेका छन् ।

जसअनुसार वान सिनेमाज् मल्टिप्लेक्सले नयाँ बानेश्वरस्थित आइप्लेक्स मल र कालिमाटीस्थित हलमा फुटबल देखाउँदैछ । राति साढे ८ बजे वान सिनेमाजले दुवै हलमा ब्राजिल र क्रोएसियाको खेल देखाउनेछ । हलले बुधबार बेलुका नै एड्भान्स बुकिङ खुला गर्दै शुक्रबार बेलुका साढे ८ बजे फुटबलको लाइभ देखाउने जनाएको थियो ।

कमलपोखरीस्थित बिग मुभिजले सेमिफाइनल र फाइनल खेल देखाउने म्यानेजर दीपेश शर्माले जानकारी दिए । अर्को ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले गोंगुबस्थित ल्होत्से मल, पोखरा र चितवनस्थित  सिनेप्लेक्सका हलबाट फुटबल देखाउने जनाएको छ ।

यी हलहरुले टिकट प्रतिशत सेयरिङ सहमतिमा फुटबल देखाउन लागेका हुन् । क्यूएफएक्स मल्टिप्लेक्सले पनि हलमा फाइनल खेल देखाउने तयारी गरिरहेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?