+
+

सरकारका कोषमा रहेको रकम राष्ट्रिय सहकारी बैंकलाई उपलब्ध गराउन महासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १४:५४

२३ मंसिर, काठमाडौ । राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी बैंकलाई सरकारका विभिन्न कोषबाट सहुलियतपूर्ण ब्याजदरमा स्रोत उपलब्ध गराउने माग गरेको छ ।

बिहीबार महासंघले सहकारी विभागका रजिष्टारलाई ज्ञापनपत्र बुझाउँदै सरकारका विभिन्न कोषमा रहेको रकम राष्ट्रिय सहकारी बैंकलाई सहुलियतपूर्ण ब्याजमा उपलब्ध गराउन सिफारिस गरी तरलता व्यवस्थापनमा सहयोग गर्न माग गरेको हो ।

यस्तै महासंघले सन्दर्भ ब्याजदरका कारण सहकारी संस्थाहरूले स्वचालित रूपमा ब्याजदर परिवर्तन गर्न नपाउँदा सहकारीको क्षेत्रको पूँजी अस्वाभाविक रूपमा पलायन हुँदै दावी गर्दै बजार अनुरूप स्वचालित रूपमा सन्दर्भ व्याजदर घटबढ हुने गरी पुनरावलोकन हुनुपर्ने माग महासंघले गरेको छ ।

सम्पत्ति रोक्का, कालो सूचीमा समावेश लगायतका व्यवस्थामार्फत सहकारी संस्थाहरूको खराब ऋण असुलीमा आवश्यक सहयोग गर्नुपर्ने महासंघको माग छ । यस्तै ऐनमा व्यवस्था भएबमोजिम कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण तथा बचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयन हुनुपर्ने र सहकारी क्षेत्रको विषयमा सकारात्मक सन्देश प्रवाह हुने गरी सदस्य तथा आम समुदायमा सहकारी विभागबाट अपिल जारी गर्नुपर्ने माग सहित महासंघले सहकरी विभागलाई ज्ञापनपत्र बुझाएको छ ।

कोभिड-१९ महामारी, रूस युक्रेनबीचको युद्ध लगायतका कारण मुलुकको अर्थतन्त्रमा परेको असरले बैंक वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव भई ब्याजदरमा अस्वभाविक वृद्धि भएसँगै त्यसको प्रत्यक्ष प्रभाव सहकारी क्षेत्रमा देखिएको महासंघले उल्लेख गरेको छ ।

महासंघ, प्रदेश तथा जिल्लास्तरीय संघहरुबाट सन्दर्भ व्याजदर पुनरावलोकन, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण तथा बचत तथा कर्जा सुरक्षण कोषको स्थापनाका लागि यस अगावै पटक पटक सुझाव तथा ध्यानाकर्षण गराएको व्यहोरा समेत स्मरणार्थ अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?