+
+

‘टपगन माभेरिक’ले यस वर्षको ओस्कार अवार्ड जित्ने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते ११:३०

काठमाडौं । टम क्रुज स्टारर ‘टपगन माभेरिक’ले यस वर्ष ओस्कारमा सर्वोत्कृष्ट फिल्मको विधा जित्ने बलियो सम्भावना रहेको प्रक्षेपण हलिउड सञ्चारमाध्यमले गरेका छन् ।

विश्व बक्स अफिसमा एक बिलियन डलरभन्दा धेरै कमाइ गरिसकेको फिल्मले ओस्कार दौडमा जेम्स क्यामरुन निर्देशित ‘अवतार : द वे अफ वाटर’लाई उछिन्ने अनुमान गरिएको छ ।

टम क्रुज निर्माता समेत रहेको टपगनको दोस्रो श्रृंखला यो साता नेसनल बोर्ड अफ रिभ्युबाट उत्कृष्ट फिल्म घोषित भयो । प्रोड्युसर्स गिल्ड अफ अमेरिकाले पनि यो फिल्मलाई उत्कृष्ट ठहर्‍यायो ।

भेराइटी म्यागजिनले पनि टपगनले ओस्कार जित्नसक्ने लेखेको छ । ‘विश्वास गर्नुस् या नगर्नुस्, टपगनले ओस्कार जित्न सक्छ । टम क्रुजलाई ओस्कार दिलाउने यो भन्दा राम्रो कथा के हुनसक्छ ?’

फिल्मले प्राविधिक विधातर्फ छायांकन, चलचित्र सम्पादन, ध्वनि, भिजुअल इफेक्टजस्ता विधामा पनि अवार्ड जित्न सक्ने आँकलन गरिएको छ । तर मनोनयन घोषणा र समारोह हुन अझै लामो बाटो तय गर्नुपर्ने हुन्छ ।

स्टिभन स्पिलवर्गको ‘द फेबलम्यान’, मार्टिन म्याटडोनगको ‘ब्यान्सिज अफ इनिसिरिन’ ओस्कारले रुचाउने परम्परागत स्वादका फिल्म हुन् । आगामी शुक्रबार प्रदर्शन हुन गइरहेको ‘अवतार २’ र भारतीय फिल्म ‘आरआरआर’ पनि ओस्कारका बलिया दाबेदार हुन् ।

ओस्कार समारोह आगामी १२ मार्च २०२३ मा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा हुँदैछ । यस वर्ष नेपालबाट अन्तर्राष्ट्रिय फिचर विधामा फिल्म ‘ऐना झ्यालको पुतली’ले भाग लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?