+
+

रोनाल्डो रोएको दृश्य भाइरल बनेपछि वर्षाले लेखिन्- सधैंभरि उनकै समर्थनमा छु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १३:०८

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका लागि विश्वकप फुटबलको कतार संस्करणको यात्रा टुंगिएको छ । गएराति भएको प्रतिस्पर्धात्मक खेलमा अफ्रिकी मुलुक मोरक्कोले पोर्चुगललाई स्तब्ध बनायो ।

रेफ्रीले अन्तिम सिट्टी फुकेलगत्तै रोनाल्डोले आँसु थाम्न नसकेको दृश्य विश्वभर भाइरल बन्यो । नेपाली कलाकारदेखि सर्वसाधारणले पनि रोनाल्डोको उक्त तस्वीरलाई सेयर गरे ।

विश्वकप सुरु भएदेखि नै अभिनेत्री वर्षा सिवाकोटी रोनाल्डोकी प्रशंसक हुन् । पोर्चुगलका प्रत्येक खेल नछुटाई हेर्ने वर्षालाई शनिबारको उक्त खेलले पीडा दियो । रोनाल्डोको फ्यान हुनुको नाताले दुःखी हुनु स्वभाविक पनि हो ।

‘यस्तै हो खेलमा, फरेभर पोर्चुगल र क्रिस्टियानो रोनाल्डो,’ वर्षाले खेललगत्तै सामाजिक सञ्जालमा लेखिन् । रोनाल्डो बाहिरिए पनि आफू सधैं उनको समर्थनमा रहने भन्दै वर्षाले आफूलाई शान्त तुल्याएकी छन् ।

वर्षा यतिबेला मह सिकारको दृश्यावलोकन गर्न लमजुङको भुजुङ गाउँ पुगेकी छिन् । उनले त्यहींबाट विश्वकप हेरेर यस्तो प्रतिक्रिया दिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?