+
+

हेटौंडाको तरकारी बजार राप्ती उकास क्षेत्रमा सारिँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १३:३२

२५ मंसिर, हेटौंडा । हेटौंडाको मुख्य बजारक्षेत्रमा रहेको तरकारी बजार हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती उकासको जमिनमा सारिने भएको छ ।

आउँदो बुधबार तरकारी बजारका सबै स्टल नयाँ स्थानमा सारिने नेपाल फलफुल तथा तरकारी व्यापारी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले जानकारी दिए ।

तरकारी बजार स्थानान्तरणको लागि राप्ती उकासमा करिब २ विघा क्षेत्रमा १०६ वटा स्टल निर्माण गरिएको छ । जसमध्ये ७३ वटा होलसेल र ३३ वटा खुद्रा स्टल छन् ।
नेपाल फलफुल तथा तरकारी व्यापारी संघमा आबद्ध व्यवसायी र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तरकारी बजार निर्माण गरिएको थियो ।

बजारको पूर्वाधार निर्माण गर्न संघमा आबद्ध १०६ जना व्यवसायीले प्रतिव्यवसायी २ लाख ५० हजार रुपैयाँका दरले रकम संकलन गरेका थिए भने उपमहानगरपालिकाले ३३ लाख ३६ हजार ६ सय रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

राप्ती उकासमा रहेको तरकारी बजारको आइतबार बिहान उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी छन् । अहिले तरकारी बजार रहेको टीसीएन क्षेत्रमा उपमहानगरपालिकाले बस टर्मिनल निर्माण गर्न लागेको उनले जानकारी दिइन् ।

नयाँ तरकारी बजारलाई व्यवस्थित गर्दै व्यवसायीलाई राम्रो व्यवसायिक वातावरणको सुनिश्चितता गर्न उपमहानगर तयार रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?