+
+

टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १५:११

२५ मंसिर, काठमाडौं । युरोपेली मुलुक टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने भएको छ । हाल भारतको राजधानी दिल्लीमा रहेको आफ्नो दूतावासबाट टर्कीले नेपालमा समेत काम गरिरहेको थियो ।

परराष्ट्र मन्त्रालयकाअनुसार परराष्ट्रमन्त्री नारायण खड्का र उनका टर्किस समकक्षी मेवलट काभुसोग्लुबीच शुक्रबार अपरान्ह भएको टेलिफोन संवादमा उक्त सहमति भएको हो ।

‘परराष्ट्रमन्त्री नारायण खड्का र समकक्षी काभुसोग्लुबीच टेलिफोन संवाद भयो । समकक्षीहरूबीच द्विपक्षीय हित र सम्बन्ध विस्तारका विषयमा कुराकानी भयो,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘सोही क्रममा गणतन्त्र टर्कीले नेपालमा दूतावास खोल्ने सहमति समेत भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?