+
+

झरना थापाको फिल्म ‘भगवत् गीता’मा जोडिए धीरज मगर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १७:०१

काठमाडौं । झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’को मुख्य अभिनेतामा धीरज मगर अनुबन्धित भएका छन् । पुस २० गतेदेखि छायांकन सुरु हुने फिल्मलाई झरनाले निर्देशन गर्नेछिन् । निर्माण कम्पनी र अभिनेता मगरबीच शनिबार लिखित सम्झौता भएको हो ।

फिल्ममा धीरजको अपोजिटमा सुहाना थापा हुनेछिन् । यी दुईबीच अनस्क्रिन रोमान्स हुनेछ । यो लभस्टोरी फिल्मको छायांकन जनकपुर र मनाङमा हुने भएको छ । धीरजको अनुबन्धनबारे निर्माता सुनिलकुमार थापाले अनलाइनखबरसँग भने, ‘उहाँले मागेको र हामीले अप्रोच गरेअनुसारको पारिश्रमिकमा धीरजजीलाई अनुबन्धित गरेका हौं ।’

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका बाँकी कलाकार एक सातामा तय हुने भएका छन् । पुस २ गतेदेखि धीरज र सुहानाले कार्यशालामा भाग लिनेछन् ।

यसअघि नै धीरजलाई फिल्ममा लिन निर्माता र उनीबीच पटकपटक मिटिङ भएको थियो । धीरजले ५० लाख रुपैयाँ पारिश्रमिक मागेपछि उनलाई नलिने कुरा निर्माताले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?