+
+

समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी

पाँचवटा प्रदेशको सूचीमा समस्या, सबैभन्दा बढी मधेशमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते ७:२८

२६ मंसिर, काठमाडौं । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो ।

निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी अनुसार काम भइरहेको बताए । वाग्लेका अनुसार आज समय अपुग भएमा भोलि मंगलबार सूची सार्वजनिक गरिनेछ ।

दलहरुले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछ । यसअनुसार नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र ५ जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ पाएका छन् । निर्वाचन अघि नै दलहरुले बुझाएको उम्मेदवारको बन्दसूचीभित्रैबाट समावेशी सिद्धान्तका आधारमा समानुपातिक सांसद छनोट गरिन्छ । गत शनिबार दलहरुले आफूले पाएको सिट संख्या अनुुसार सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएका थिए ।

ती सूचीमा अहिले आयोगले छानबिन गरिरहेको छ । नमिलेकालाई मिलाउन आयोगले आज अपराह्न ४ बजेसम्मको समय दलहरुलाई दिएको छ ।

निर्वाचन आयोगका एक अधिकृतका अनुसार प्रतिनिधि सभातर्फको समानुपातिक सूचीमा समस्या नभए पनि प्रदेश सभातर्फ भने कतिपय दलको क्षेत्रगत -क्लष्टर) समस्या देखिएको छ । ‘प्रदेश १, मधेश प्रदेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमको सूचीमा समस्या छ । सबैभन्दा धेरै त्रुटि मधेशमा छ,’ ती अधिकृतले भने, त्यसलाई सुधारेर पेश गर्न पत्राचार गरिएको छ ।’

समानुपातिकको सूची सच्याएर आएपछि निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्दै सांसदहरुलाई प्रमाणपत्र वितरण गर्नेछ । समानुपातिक सूची घोषणा भएको एक साताभित्र प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?