+
+

रेनशाको सल्लाह पछ्याउँदै धीरज, ‘भगवत् गीता’मा यसरी भयो सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १२:२१

काठमाडौं । सुरुमा धीरज मगरले ४० लाख रुपैयाँ पारिश्रमिक मागेपछि फिल्म ‘भगव्त गीता’मा लिन निर्माता हच्किए । धीरजले त्यति रकम मागेपछि निर्माता सुनिलकुमार थापाले नयाँ हिरो लिने बताएका थिए ।

दुवै पक्ष टसमस नहुँदा सुटिङ पनि अनिश्चित बन्यो । तर हिरोको कास्टिङलाई लिएर नाटकीय परिवर्तन भएको छ । एकाएक धीरज ‘भगवत् गीता’को हिरो बनेर फिल्ममा अनुबन्धित भएका छन् ।

निर्माता सुनिलकुमार थापाका अनुसार पारिश्रमिकलाई लिएर दुवै पक्षबीच मिल्ने सहमति भएको छ । ‘दिनसक्ने जति पारिश्रमिकमा उहाँलाई लिएका हौं,’ निर्माता थापाले भने । धीरजलाई फिल्ममा जोड्ने काममा ‘इन्टुमिन्टु लण्डनमा’ फेम्ड निर्देशक रेनशा राईले भूमिका खेलेको बुझिएको छ ।

उनकै मध्यस्थतामा निर्माता र धीरजबीच सम्झौता भएको छ । रेनशा संलग्न फिल्म कम्पनी आइकोरको निर्देशनमा पछिल्लो समय धीरजले काम गरिरहेका छन् । आइकोरकै फिल्म ‘इन्टुमिन्टु लण्डनमा’बाट धीरजले डेब्यु गरेका थिए ।

धीरज रेनशा र आइकोरलाई अभिभावक बताउँछन् । रेनशाकै सल्लाहमा धीरजले प्रोजेक्ट लिने गरेको स्रोत बताउँछ । आइकोरकै आगामी फिल्म ‘आई एम ट्वान्टी वान’ रिलिज तयारीमा छ । त्यसबेलासम्म धीरजको बजार छविलाई जोगाउने कुरामा आइकोर सचेत रहेको र सोहीअनुसार सल्लाह दिइरहेको स्रोत बताउँछ ।

‘भगवत् गीता’को सम्झौता जमघटमा पनि रेनशा सँगै थिइन् । उक्त अवसरमा झरना थापा, सुहाना थापा, सुनिलकुमार थापा, वितरक गोविन्द शाही र रेनशा लगायत उपस्थित थिए । यो तस्वीरले पनि धेरै कुरा भन्छ ।

आइकोरकै निर्देशनमा धीरज फिल्म क्षेत्रमा अघि बढिरहेका छन् भन्ने उक्त तस्वीरबाट बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?