+
+

विद्यार्थीले बनाए विशेष हेल्मेट, चालकले रक्सी पिएमा मोटरसाइकल स्टार्ट नहुने !

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १४:३३

काठमाडौं । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने मानिसहरुका कारण धेरै सडक दुर्घटना हुने गर्दछन् र धेरैको अकालमा ज्यान जाने गर्दछ । मापसे गरेर गाडी चलाउने कार्यलाई रोक्नका लागि ट्राफिक नियमलाई कसिलो बनाउनुका साथै कडा जरिवाना समेत गरिन्छ । तर यसलाई पूर्णरुपमा रोक्न सकिएको छैन ।

यहीँ कुरालाई मध्यनजर गर्दै भारतको राँचीस्थित एक विद्यालयका विद्यार्थीहरुले एउटा गज्जबको हेल्मेट तयार गरेका छन् । यो हेल्मेटले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउन रोक लगाउनेछ ।

उक्त हेल्मेटमा एउटा विशेष चिप जडान गरिएको छ । उक्त चिपका कारण सो हेल्मेट लगाएर बाइक चलाउने व्यक्तिले यदि रक्सी पिएमा बाइक नै स्टार्ट हुनेछैन ।

चारजना विद्यार्थीहरुले तयार पारेको उक्त सेन्सरवाला हेल्मेटको प्रोटोटाइपले निकै चर्चा कमाएको छ । यदि उक्त प्रोटोटाइपबाट व्यवसायिक रुपमा हेल्मेट उत्पादन गर्न सकिएमा त्यसले मापसे गरेर बाइक चलाउने कार्यमा लगाम लगाउन मद्दत मिल्नेछ ।

उक्त हेल्मेट लगाएर बाइक चलाउन खोज्ने व्यक्तिले यदि मापसे गरेको रहेछ भने हेल्मेटमा रहेको चिपले अलर्ट जारी गर्नेछ । सोही अलर्ट मोटरसाइकलले प्राप्त गर्नेछ र मोटरसाइकल स्टार्ट हुनेछैन । अर्थात् हेल्मेटमा लगाइएको चिपले केवल रक्सीको गन्धमात्र थाहा पाउनेछैन बाइकलाई स्टार्ट हुनबाट पनि रोक्नेछ ।

विद्यार्थीहरुले हेलमेट नै नलगाइकन तथा राम्रो ढंगले नलगाउँदा समेत बाइक स्टार्ट नहुने गरी अर्को चिप समेत विकास गर्ने योजना बनाएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?