रक्सी हाम्रो शरीरमा रगतको माध्यम हुँदै कलेजोमा पुग्छ । मदिरालाई पनि कलेजोले मेटाबोलाइज गर्छ । मेटाबोलाइज भनेको खानेकुरा पचाउने प्रक्रिया हो । मेटाबोलाइज गर्दा त्यसबाट विविध रसायन निस्कन्छ । ती रसायनले कलेजोको कोषलाई मार्ने काम गर्छ ।
कलेजो त्यस्तो अंग हो, जुन खराब भए पनि फेरि पुननिर्मित हुनसक्छ । तर मदिराले कलेजोको पुननिर्मित हुने क्षमता कमजोर बनाइदिन्छ । एसिडलाई कुनै चीजमा फाल्यो भने जल्दै जान्छ, त्यस्तै मदिराले कलेजोलाई त्यही बनाउँछ । मदिराले कलेजोमा बोसो जमाउने गर्छ । बोसो बढ्दै गएपछि कलेजोमा सिरोसिस रोग लाग्छ ।
यस्ता समस्याबाट बच्न, विज्ञहरूले रक्सी सेवन बन्द गर्न सिफारिस गर्छन् । आफ्नो राम्रो स्वास्थ्यका लागि मदिरा सेवन पूर्णरूपमा त्याग्ने व्यक्तिहरूको संख्या पनि छ । तर पूर्णरुपमा रक्सी छाड्दा पनि कहिलेकाहीँ कलेजो पूर्णरूपमा स्वस्थ हुन समय लाग्छ ।
यस्तो अवस्थामा के गर्न सकिन्छ ? यस्तो अवस्थामा, रक्सी सेवन छोडेपछि कलेजोलाई डिटोक्सिफाइ गर्नु महत्त्वपूर्ण छ ।
रक्सी छोडेपछि कलेजोलाई डिटक्सीफाइ कसरी गर्ने ?
१.पर्याप्त पानी पिउने
रक्सी छोडेपछि शरीरमा केही परिवर्तनहरू हुन सक्छन् । कहिलेकाहीँ यी सहज हुन्छन्, तर कहिलेकाहीँ तिनीहरूले असुविधा पनि निम्त्याउँन सक्छन् । हरेक परिस्थितिमा, आफ्नो शरीरलाई पूर्णरूपमा हाइड्रेटेड राख्नु महत्त्वपूर्ण हुन्छ । हाइड्रेटेड रहँदा शरीरमा रहेका विषाक्त पदार्थहरू बाहिर निस्कन्छन्, जसका कारण कलेजो पनि डिटोक्सिफाइ हुन्छ।
विषाक्त पदार्थहरू हटाउनाले कलेजोलाई सुचारु रूपमा काम गर्न अनुमति दिन्छ । पर्याप्त पानी पिउँदा यसले बोसो तोड्न मद्दत गर्दछ, जसले गर्दा शरीरबाट विषाक्त पदार्थहरू सजिलै बाहिर निस्कन सक्छन् । यो अवस्था कलेजोका लागि उपयोगी साबित हुन्छ ।
२. राम्रो आहार
कलेजोलाई स्वस्थ राख्नका लागि, आहार पनि स्वस्थ्य हुनु जरुरी हुन्छ । विशेष गरी, कलेजोमैत्री आहार लिनुपर्छ । कलेजोमैत्री आहार भनेको आहारमा मौसमी फलफूल र तरकारीहरू समावेश गर्नु हो ।
यसबाहेक, लसुन पनि कलेजोलाई स्वस्थ राख्न उपयोगी हुन्छ । बेसार, हरियो तरकारी, बदाम र माछा जस्ता खाना खानुपर्छ । साथै आफ्नो आहारबाट प्रशोधित खाना पूर्णरूपमा हटाउनुपर्छ । यस्ता कुराहरूले कलेजोमा अतिरिक्त दबाब दिन्छ । रक्सी छाडेपछि स्वस्थ आहार लिनाले पनि कलेजोलाई डिटोक्सिफाइ गर्छ ।
३. व्यायाम
रक्सी छोडेपछि कलेजोलाई डिटोक्स गर्न नियमित रूपमा व्यायाम गर्नु पनि धेरै महत्त्वपूर्ण हुन्छ । नियमित रुपमा व्यायाम गर्दा यसले रक्त प्रवाहलाई सुधार गर्छ र कलेजोलाई रगत राम्रोसँग फिल्टर गर्न अनुमति दिन्छ । साथै व्यायामले कलेजोले बोसो जलाउँछ, जसले गर्दा फ्याटी लिभरको जोखिम कम हुन्छ । कसरतको रूपमा पौडी खेल्ने, साइकल चलाउने, योगा आदि गर्न सकिन्छ ।
४. कलेजो सफा गर्ने पूरक
रक्सी छोडेपछि कलेजो सफा गर्ने पूरकहरू लिन सकिन्छ । तर, यस सम्बन्धमा विज्ञसँग परामर्श गर्नुपर्छ । सम्पूर्ण स्वास्थ्य र कलेजोको स्वास्थ्यलाई ध्यानमा राख्दै विज्ञले सही पूरक र तिनीहरूको खुराकको बारेमा सही जानकारी दिन सक्छन् ।
साथै, केही प्राकृतिक पूरकहरू पनि छन् जसले रक्सी छाडेपछि कलेजो सफा गर्न मद्दत गर्न सक्छ । यसबाट कलेजो पूर्णरूपमा डिटोक्सिफाइ हुन्छ । यसमा ग्रिन टि, अमलाको जुस आदि पर्छन् ।
५. आराम गर्ने
यदि कसैले लामो समयदेखि रक्सी पिइरहेको छ र अचानक रक्सी पिउन छोडेको छ भने, त्यस्ता व्यक्तिहरूका लागि पहिलो २४ घण्टा बिताउन धेरै गाह्रो हुन्छ । उनीहरूलाई टाउको दुख्ने, चिन्ता र अनिद्रा जस्ता समस्या भइरहन्छन् । यसले केही मानिसहरूको मानसिक स्वास्थ्यलाई पनि असर गर्छ । त्यसैले, रक्सी छोडेपछि केही दिन पर्याप्त आराम गर्नुपर्छ ।
यसले स्वास्थ्यमा सुधार ल्याउँछ र कलेजोको डिटोक्सिफाइमा पनि मद्दत गर्छ । जब प्रर्याप्त आराम गरिन्छ विषाक्त पदार्थहरू हटाउने प्रक्रियाले राम्रोसँग काम गर्छ, नयाँ कलेजो कोषहरूको उत्पादन बढ्छ र इन्जाइम र हर्मोनको स्तरमा पनि सुधार हुन्छ ।
प्रतिक्रिया 4