+
+

माग संकुचनका कारण कर्जाको गुणस्तरमा चुनौती : अनिल उपाध्याय

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १७:५१

२६ मंसिर, काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बजारमा आएको मागको संकुचनले बैंकिङ कर्जाको गुणस्तरमा चुनौती थपिएको बताएका छन् ।

नेपाल बैंकर्ष संघको वार्षिक साधारणसभाका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यायले यस्तो धारणा राखेका हुन् । उनले उच्च ब्याजदर र स्रोत संकलनमा समेत उस्तै चुनौती रहेको बताए ।

दुई वर्षेदेखि संघले बैंकिङ क्षेत्रमा आएको उतार चढाव र असन्तुलनलाई सन्तुलनमा ल्याउन निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ । यी क्षेत्रमा अझै पनि चुनौती रहेको भन्दै उनले घट्दै गएको स्प्रेड दर र आरओईलाई समेत चुनौतीका रुपमा व्याख्या गरे ।

कार्यक्रममा पूर्व गभर्नर डा. तिलक रावलले मन्त्रीले ब्याजदर तोक्छौं भन्दै हिंडेको प्रसंग निकाल्दै यसलाई ‘उपद्रो’को संज्ञा दिएका छन् । ‘एकजना मन्त्रीले ब्याजदर तोक्छौं, हस्तक्षेप गर्छाैं भनेको सुनिन्छ,’ उनले भने, ‘के हो हस्तक्षेप भनेको हामी बुझ्दैनौं ।’

उनले अहिलेको समस्या राष्ट्र बैकको मात्र नभई सबैको भएको भन्दै सबै मिलेर समाधान गर्नु पर्ने बताए । ३ महिनाको पूँजीगत खर्च २५ अर्ब मात्रै भएको समेत उनले बताए ।

बैकर्स संघले वित्तीय क्षेत्रमा योगदान पुर्‍याएवापत यसपटक पूर्व गभर्नर तिलक रावललाई सम्मान गरेको छ । राष्ट्र बैंकको स्वायतता र अधिकारका लागि तिलक रावलको योगदान महत्वपूर्ण छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?