+
+

तरलतामा सुधार आइरहेको छ : गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १८:०५
फाइल तस्वीर

२६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली भित्र तरलतामा सुधार आइरहेको बताएका छन् । उनले अन्तरबैंक दर साढे ८ बाट ७.०७ प्रतिशतमा झरेको समेत जानकारी दिए ।

नेपाल बैंकर्स संघको वार्षिक साधारण सभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो जानकारी गराएका हुन् । उनले वित्तीय क्षेत्र अब ट्रयाकमा आएको बताए । नेपालको अर्थतन्त्रमा संरचनात्मक समस्या भएको भन्दै उनले मुख्य ड्राइभर रेमिट्यान्स रहेको उल्लेख गरे । यसबाट सिफ्ट हुनुपर्ने समेत उनको भनाइ छ ।

गत वर्ष ९० अर्ब निक्षेप दोहोरो गणना भएको जानकारी गराउँदै उनले त्यसमा सुधार गरिएको जानकारी दिए । अहिले स्थायी तरलता, सुविधा आउट स्ट्यान्डिङ ५ अर्बमा झरेको भन्दै उनले साढे ८ प्रतिशतको अन्तरबैंक दर ७.०८ प्रतिशतमा झरेको समेत बताए । यसले बजारमा तरलता भित्रभित्र सुध्रदै गएको संकेत गर्ने उनको भनाइ छ । थप ऋण नपाएको कुरा बाहिर आएको भन्दै उनले भने, ‘बाहिरबाट आएर तरलता बढ्ने होइन, रिकभरी बेस ल्यान्डिङ हुनुपर्‍यो ।’

यसैबीच बैकर्स संघको साधारणसभाले कार्यसमिति सदस्यमा सन्तोष कोइराला र दिपक कुमार देको कार्यकाल दोहोर्‍याउने निर्णय गरेको छ । रिक्त एक पदमा एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?