+
+

मलका बारेमा जानकारी लिन राप्रपा सांसद धुव्र प्रधान कृषि मन्त्रालयमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १८:२४

२६ मंसिर, काठमाडौं । रसायनिक मलका बारेमा जानकारी लिन राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधान कृषि मन्त्रालय पुगेका छन् ।

किसानले मल अभाव भएको गुनासो गरेपछि मलका बारेमा बुझ्न आफू मन्त्रालय गएको उनले सुनाए ।

कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मासंग युरिया र डीपीए मलको मौज्दाताका बारेमा जानकारी लिएको प्रधानले बताए ।

युरिया र डिपिए मल के कति कारणले आपुर्ति गर्न नसकिएको हो र यसको समाधान कसरी गर्ने भन्ने विषयमा सचिव शर्मासँग छलफल गरिएको प्रधानले बताए ।

मन्त्रालयका सचिव शर्माले रसायनीक मलको मौज्दात र आपूर्ति समस्याबारे बताएको बताउँदै सांसद प्रधानले भने, ‘किसानको मुख्य समस्या भनेकै मल नपाउने हो । यस विषयमा मैले सचिव ज्यूसंग छलफल गरेको छु । समस्या समाधानका लागि सरकारलाई दबाब दिन्छु।’

प्रधान नवलपरासी २ बाट निर्वाचित सांसद हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?