२६ मंसिर, जनकपुरधाम । सर्लाहीमा जग्गाको विषयमा कुटपिट हुँदा एक वृद्धाको मृत्यु भएको छ ।
कुटपिटबाट सर्लाहीको चक्रघट्टा गाउँपालिका २ भेल्हीकी ७० वर्षीया सागरदेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
देवर पर्ने ६५ वर्षीय पुकार राय र उनका छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय, बुहारी ३० वर्षीया अनिता देवी रायले मिलेर जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागरदेवीको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए ।
उनका अनुसार सोमबार दिउँसो करिब २ बजेको समयमा उनीहरुबीच झगडा भएको थियो । कुटपिटबाट सागरदेवीको मृत्यु भएपछि प्रहरी लगतै घटनास्थल पुगेर पुकारलाई नियन्त्रणमा लिएको छ । पुकारका छोरा जितेन्द्र र बुहारी अनिता फरार छन् ।
उनीहरुको खोजी भइरहेको र शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएर घटना विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी यादवले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4