+
+

ज्याकलिन र १५ भारतीय मिडियाविरुद्ध नोरा फतेहीले हालिन् मानहानीको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते ११:४५

काठमाडौं । ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग जोडिएको बलिउडको २०० करोड भारुको मुद्रा अपचलन (मनी लाउन्ड्रिङ) मुद्दामा नयाँ मोड आएको छ ।

ज्याकलिन फर्नान्डिज र नोरा फतेहीलाई यस मामिलामा धेरै पटक सोधपुछ भइसकेको छ । तर यो मनी लाउन्ड्रिङ प्रकरणले यी दुवै अभिनेत्रीलाई एकअर्काविरुद्ध उभ्याएको छ । नोरा फतेहीले ज्याकलिन र केही मिडिया कम्पनीविरुद्ध दिल्ली अदालतमा मानहानीको मुद्दा दायर गरेकी छन् ।

नोराले ज्याकलिनविरुद्ध २०० करोड भारुको मानहानीको मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नोराले सुकेश चन्द्रशेखरसँग संलग्न रहेको २०० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा आफ्नो नाम जबरजस्ती प्रयोग गरिएको आरोप लगाएकी छन् । नोराले ज्याकलिन र १५ मिडिया हाउसविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् । नोराले ज्याकलिन र मिडिया संस्थाहरु ‘एकअर्कासँग मिलेर काम गरिरहेको’ दाबी गरेकी छन् ।

नोराले वकिलमार्फत दायर गरेको निवेदनमा ‘उजुरीकर्ताको आर्थिक, सामाजिक र व्यक्तिगत चरित्र पतन गराउन षड्यन्त्र रचिएको र अभियुक्त नं. १ ले उक्त कारवाही गरेको’ बताएकी छन् ।

नोराले सुकेशसँग आफ्नो प्रत्यक्ष सम्पर्क भने नभएको बताइन् । उनले सुकेशकी श्रीमती लीना मारिया पलमार्फत सुकेशलाई चिनेको बताएकी छन् । नोराले सुकेश चन्द्रशेखरबाट उपहार लिएको पनि अस्वीकार गरेकी छन् । मिडिया ट्रायलका कारण आफ्नो इज्जतमा चोट पुगेको नोराको भनाइ छ ।

उल्लेखनीय कुरा के छ भने ज्याकलिन र नोरा मनी लान्ड्रिङ मुद्दामा ईडीको निशानामा छन् । ईडीले यस प्रकरणको अनुसन्धानका लागि दुवै अभिनेत्रीसँग पटकपटक सोधपुछ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?