+
+

पूर्वसभामुख रानाभाटको व्यंग्य : गुण्डा , तस्कर र भ्रष्टाचारी राज्यको छैटौं अंग

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १९:४१

२७ मंसिर, काठमाडौं । पूर्वसभामुख तारानाथ रानाभाटले राज्यको छैटौं अंगका रुपमा गुण्डा, तस्कर र भ्रष्टाचारीहरु देखा परेको टिप्पणी गरेका छन् ।

संसद सेवा दिवसका अवसरमा बुधबार सिंहदरवारमा आयोजित ‘नेपालको संसद सेवाका दुई दशक : समीक्षा र आगामी कार्यदिशा’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनका अनुसार राज्य सञ्चालनका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका अलावा अन्य तीन अंग देखा परेका छन् । चौथो अंग आम संचार र सूचना प्रविधि रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको चासो र अन्तर निर्भरतालाई पाँचौं अंगको रुपमा व्‍याख्या गरे । साथसाथै, छैटौं अंगका रुपमा गुन्डा, तस्कर र भ्रष्टाचारीहरु देखा परेको पूर्व सभामुख रानाभाटको भनाइ छ ।

उनले भनेका छन्,

राज्यको तीन अंग मात्रै अहिले संसारमा छैन । राज्य सञ्चालनका गतिविधिहरुमा राजनीतिक गतिविधि होस चाहे कानुनी संवैधानिक गतिविधि होस् तीन अंग मात्रै रहेन । चौथो अंग संचार क्षेत्र छ । यो महत्वपूर्ण अंग छ । प्रजातन्त्रको विकासका लागि, प्रजातान्त्रिक अभ्यासलाई अगाडि बढाउनका लागि र मुलुकको समग्र विकासमा अनुभवसिद्ध सूचना आदनप्रदान गर्नका निम्ति चौथो अंगका रुपमा मान्यता प्राप्त सञ्चार क्षेत्र छ ।

मैले निवेदन गरिरहनुनपर्ला, जति विज्ञानको विकास भएर गयो, जति विश्व समुदायका अनेक राष्ट्रहरुको आपसी सहयोग, सद्भाव र अन्तरनिर्भरताको संस्कृति बढ्दै गयो ।

हाम्रो मुलुकमा, हामीले गर्ने आफ्नो शासनमा कतिपय मुलुकहरुको इन्ट्रेस्ट रहन्छ । अब त्यत्तिले पनि पुगेन । ती त हाम्रा सहयोगी हुन्, हाम्रो हित चिताउँछन् अन्तर्राष्ट्रिय समुदायले । सरकार कस्तो बन्ला, कुन पार्टी आउला, कसरी शासन गर्ला, हामीले दिएको सहयोगको सदुपयोग होला वा नहोला आदि इत्यादिको कारणले उनीहरुको इन्ट्रेस्ट रहनु स्वभाविकै हुन्छ । सल्लाह दिनु स्वभाविकै हुन्छ ।

अब अर्को छैठौं अंगको विकास भएर गयो नेपालमा जो ज्यादै खतरनाक छ । गुन्डाहरु, तस्करहरु, भ्रष्टाचारीहरु अर्थात, समाजमा अस्थिरता उत्पन्न गर्ने । सारा वितरणका न्याय पनि निस्प्रभाव बनाइदिने, सर्वसाधारण जनताको दैनिक जीवनमा प्रतिकुल असर निर्माण गर्ने । यो छैठौं अंग अहिले नेपालको राजनीतिमा, नेपालको व्यावहारिक जीवनमा पनि हत्या, हिंसा, अपराध, आदि इत्यादि छन् । तिनको विकास भएर गएको छ ।

पूर्वसभामुख रानाभाटले संसदले गरेका निर्णय र दिएका निर्देशनहरुको कार्यान्वयनमा भएका समस्या पहिचान गर्न सुझाव दिएका छन् ।

नेपालले प्रजातन्त्रको अभ्यास गरेको लामो समय भइसके पनि अझै प्रजातन्त्र परिपक्क हुन नसकेको उनको धारणा छ । यसका लागि विधि स्थापित गर्नुपर्ने र विधि बनाउने थलो संसद आफैँ पनि विधिमा चल्नुपर्ने पनि रानाभाटले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?