+
+

टाटाको सुपर भ्यालु रिकन्डिसन्ड सेल्स र एक्सचेन्ज क्याम्प १ पुसदेखि  

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १८:३९

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नैकापमा टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।

१,२ र ३ पुससम्म सञ्चालन हुने क्याम्पमा विभिन्न रिकन्डिसन्ड मालबाहक गाडीहरु (एस, योद्धा जस्ता कमर्सियल गाडी) खरिद गर्न सकिने र जुनसुकै ब्राण्डका अरु कमर्सियल गाडीसँग टाटा मोटर्सका नयाँ एस, योद्धा, इन्ट्रा वा मिनी–ट्रक एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

बजारमा फाइनान्स सुविधा पाउन वा धेरै लगानी गर्न चुनौती भइरहेको अवस्थामा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प मार्फत् ५० प्रतिशतको सहज फाइनान्स सुविधा र कम लागतमा नयाँ जस्तै पर्फर्मेन्स दिने रिकन्डिसन्ड गाडी प्राप्त हुने हुँदा ग्राहकवर्गहरु उत्साहित हुने विश्वास कम्पनीले गरेको छ । कम्पनीका अनुसार यस सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्पमा रिकन्डिसन्ड गाडी खरिद गर्ने ग्राहकहरुले एउटा निःशुल्क सर्भिस कुपन पनि प्राप्त गर्नेछन् ।

यस्तै टाटा मोटर्सले प्रदान गर्ने अतिरिक्त सुविधा प्राप्त गर्न र टाटा मोटर्सका सन्तुष्ट परिवारको बृहत सञ्जालमा समावेश हुन चाहने ग्राहकका लागि एक्चेन्जको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । जसमा ग्राहकहरुले जुनसुकै ब्राण्डका पुराना कमर्सियल गाडी लिएर आउन सक्ने र भ्याल्युएसन गराई सोही सेग्मेन्टका टाटाका नयाँ गाडी (एस, योद्धा, इन्ट्रा वा मिनी–ट्रक) लिन सक्नेछन् । यस क्याम्पमा ग्राहकहरुले आफ्नो गाडीको उत्कृष्ट भ्यालुएसन पाउनुका साथै हरेक भ्यालुएसनमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?