+
+

वीरगञ्जका पत्रकार नरेशको स्मृतिमा अक्षय कोष

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १९:३९

२८ मंसिर, वीरगञ्ज । वीरगञ्जका दिवंगत पत्रकार नरेश सर्राफको समृृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले अक्षय कोष स्थापना गर्ने भएको छ ।

मंगलबार बसेको पर्सा शाखाको बैठकले कार्यसमिति सदस्य रहेका नरेशको स्मृतिमा अक्षय कोष स्थापना गर्ने निर्णय गरेको शाखा अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।

महासंघले १ लाख ५० हजार रुपैयाँ जम्मा गरेर अक्षय कोष स्थापना गर्ने र अन्य निकायसँग सहयोगका लागि अपिल गर्ने निर्णय गरेको अध्यक्ष तिवारीले बताए ।

अक्षय कोषमा जम्मा भएको रकमबाट प्राप्त हुने आम्दानीको २० प्रतिशतले ‘स्वर्गीय नरेश स्मृति युवा पत्रकारिता पुरस्कार’ प्रदान गर्ने र बाँकी ८० प्रतिशत परिवारिक खर्चका लागि दिने निर्णय बैठकले निर्णय गरेको छ । १ दशकसम्म पत्रकारिता गरेका तथा ४० वर्ष ननाघेका युवा पत्रकारलाई दिने पुरस्कार पत्रकार महासंघको स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ ।

महासंघ पर्सा शाखाले नरेशको १३ औं दिनको पूण्य तिथिमा मंगलबार श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । कार्यक्रममा पूर्व मन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य प्रदीप यादवले अक्षय कोषमा १ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । यसअघि वीरगञ्ज महनगरका मेयर राजेशमान सिंहले अक्षय कोषका लागि महानगरबाट १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेका छन् ।

महानगरले परिवारका लागि राहतस्वरुप ५ लाख रुपैयाँ दिने पनि घोषणा गरेको थियो भने समाजवादी प्रेस संगठन र रेडियो वीरगञ्जले गरी २ लाख रुपैयाँ ६ वर्षीया छोरी श्रेयालाई हस्तान्तरण गरिसकेको छ । अक्षय कोषमा नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारीले २१ हजार र पत्रकार महासंघका पूर्व मध्यमान्चल संयोजक महेश दासले नगद १० हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

महासंघकै सभाहलमा आयोजित श्रद्धान्जली सभामा प्रतिनिधीसभा सदस्य प्रदीप यादवले सरकारका तर्फबाट पनि राहत रकम उपलब्ध गराउने आश्वासन दिएका छन् । ३८ वर्षीय नरेशको मंसिर १५ गते हृदयतघातबाट निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?