+
+

पूर्वमिस नेपाल अस्मी र भारतीय गायक सनमबीचको रोमान्स टुंगिएकै हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते ११:४५

काठमाडौं । पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र भारतीय गायक सनम पुरीले झण्डै तीन वर्ष डेट गरे । प्रेममा रहँदा दैनिकजसो रोमान्टिक तस्वीर इन्स्टाग्राममा पोस्ट गरिरहन्थे ।

सामाजिक सञ्जालका पोष्ट हेर्दा उनीहरु सम्बन्धमा गम्भीर मात्र थिएनन्, भविष्यको योजना पनि बनाइरहेका थिए । तर केही समययता यी दुईबीचको रोमान्स टुंगिएको जनाइएको छ ।

अस्मी र सनम दुवैले इन्स्टाग्रामबाट एकअर्काका तस्वीर मेटाएका छन् । केही समययता दुवैले एकअर्कासँगका तस्वीर पनि राख्न छाडेका छन् । केही समयअघि नै उनीहरुबीच ब्रेकअप भएको निकट स्रोतले जनाएको छ ।

प्रेममा रहँदा सनमले अस्मीलाई सम्बोधन गर्द मर्मस्पर्शी प्रेमपत्र पनि लेखेका थिए, जहाँ उनले अस्मीलाई भविष्यकी रानी भन्दै प्रशंसा गरेका थिए । तर यतिबेला यो जोडी अलग भएको छ ।

सनमले नयाँ प्रेमिका सार्वजनिक गरेका छन् । उनले इन्स्टाग्राममार्फत नागाल्याण्डकी एक गायिकालाई प्रेमिकाको रुपमा चिनाएका छन् । कमेन्ट्समा फ्यानले सनमलाई नागाल्याण्डकी युवतीको मन जितेको भन्दै बधाई पनि दिइरहेका छन् ।

उनको ब्रेकअपको चर्चा नेपालमा समेत चलिरहेको छ । सामाजिक सञ्जालमा कतिपयले सनमले नेपालकी अस्मीलाई धोका दिएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?