+
+

आपराधिक पृष्ठभूमि भएकालाई संस्थापक सेयर बेच्न रोक

सीईओ बन्न सजाय काटेको ५ वर्ष हुनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १८:३२

२९ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) आपराधिक पृष्ठभूमि नभएको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र मार्फत एकीकृत निर्देशन-२०७८ मा संशोधन गर्दै आपराधिक पृष्ठभूमिको देखिएमा त्यस्ता व्यक्ति सीईओ हुनका लागि सजाय भुक्तान गरेको ५ वर्ष पुरा भएको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

‘प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भइसकेको हुनुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

यस्तै बैंकको कार्यकारी प्रमुख टाट नपल्टेको, भ्रष्टाचार, बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएकोहुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

आपराधिक पृष्ठभूमि भएकाको संस्थापक तथा संस्थापक समूहको सेयर नामसारी वा बिक्री गर्न सजाय भुक्तान गरी सफाइ पाएको ५ वर्ष हुनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

‘प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाइ पाएको ५ वर्ष व्यतित भइ नसकेको’ निर्देशनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?